गजल/बहुत भुलाए……..

बहुत भुलाए चामल नुनले कर्णालीलाई
फेरि चित्त बुझाए के गुनले कर्णालीलार्इ
कुनै बेला थियो, सजाएर राखेका थिए
निसानामै गाेली र खुनले कर्णालीलाई
सरकार, म यसरी सजाएको सपना देख्छु
अचेल हरियै हरियो सुनले कर्णालीलार्इ
यहाँ जति जोगि आए कानै चिरेका आए
समृद्धि ल्याउँछ खै कुनले कर्णालीलाई
म गाउँ वस्ती र दुरदराजका आवाजहरू
उठाउँछु गजलका धुनले कर्णालीलाई