सर्वोच्चको आदेशमा डाक्टर केसी पक्राउ

सर्वोच्च अदालतको मानहानीको आरोप लागेका प्राध्यापक डाक्टर गोबिन्द केसी सोमबार साँझ पक्राउ परेका छन्  । महानगरीय प्रहरी परीसर काठमाडौंबाट खटिएको टोलीले केसीलाई त्रिवि शिक्षण अस्पतालस्थित अनसनस्थलबाटै पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका अपरेसन प्रमुख डिएसपी बसन्त रजौरे पक्राउ पुर्जी लिएर अनसनस्लथ पुगेका थिए ।

 

अदालतले केसीले सर्वोच्च अदालतको मानहानी गरेको भन्दै उनलाई पक्राउ गरेर मंगलवार ९ बजे अदालत उपस्थित गराउन आदेश दिएको थियो । सर्वोच्च अदालतको मानहानीको आरोपमा त्रिवि शिक्षण अस्पतालबाट पक्राउ परेका प्राध्यापक डाक्टर गोबिन्द केसीलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ ।

 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रमख रवीन्द्र धानुकले उनलाई सिंहदरबार हिरासतमा राखिने जानकारी दिए । केसीलाई बा १ झ ७२६६ नम्बरको प्रहरी अस्पतालको एम्बुलेन्समा राखेर सिंहदरबार पुर्याइएको थियो । महानगरीय प्रहरी परीसर काठमाडौंबाट खटिएको टोलीले केसीलाई त्रिवि शिक्षण अस्पतालस्थित अनसनस्थलबाटै पक्राउ गरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका अपरेसन प्रमुख डिएसपी बसन्त रजौरे पक्राउ पुर्जी लिएर अनसनस्लथ पुगेका थिए ।

 

अदालतले केसीले सर्वोच्च अदालतको मानहानी गरेको भन्दै उनलाई पक्राउ गरेर मंगलवार ९ बजे अदालत उपस्थित गराउन आदेश दिएको थियो । त्रिभुवन विश्वविद्यालयले बर्खास्त गरेका चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका डिन डाक्टर शशि शर्मालाई अदालतले पुनर्बहाली गर्न आदेश दिएसँगै केसीले अदालत मानहानी हुनेगरी अभिव्यक्ति दिएका थिए । मानहानी गरेको भन्दै सर्वोच्चका शाखा अधिकृत नेत्र पौडेलले सर्वोच्चमा सोमबार मुद्दा दर्ता गरेका थिए । सो मुद्दामा आजै न्यायाधीश डम्बर बहादुर शाहीको एकल इजलासले मानहानी गरेको ठहर गर्दै पक्राउ गरेर अदालतमा मंगलबार बिहान ९ बजे उपस्थित गराउन गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको थियो । केसी अदालतको आदेशविरुद्ध आजै अपरान्हदेखि १४ औं अनसनमा थिए । उनलाई भोलि ९ बजे आदेशानुसार अदालतमा उपस्थित गराइने छ ।

 

सर्वोच्चले आफैं टिप्पणी उठाएर इजलासमा पेश गरेको यो मुद्दामा डाक्टर केसीले अदालतको अवहेलना गरेको ठहरिए उनलाई के सजाय हुन सक्छ भन्ने धेरैको चासो छ । अदालतको अवहेलनामा हुने कारबाहीबारे न्याय प्रशासनसम्बन्धी ऐनमा उल्लेख गरिएको छ। उक्त ऐनको दफा १७ को उपदफा १ मा सर्वोच्च अदालतले आफ्नो र आफू मातहतका अदालतको न्याय सम्पादनका कार्यमा अवरोध गरेमा, फैसलाको अवज्ञा गरेमा अदालतको अवहेलनामा कारबाही चलाउन सक्ने उल्लेख छ । यदि केसीले अदालतको अवहेलना गरेको ठहरियो भने उनलाई कैद र जरिवाना दुबै हुन सक्छ। यस्तो व्यवस्था उक्त ऐनको उपदफा ४ मा गरिएको छ। अदालतको अपहेलनामा पक्राउ परेका डा। गोविन्द केसीलाई १ बर्ष कैद सजाय र १० हजार सम्म जरिवाना हुनसक्ने कानुनी ब्यवस्था रहेको छ ।

 

‘अदालतको अवहेलना गरेको ठहरेमा सम्बन्धित अदालतले कसूरदारलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय वा अन्य उपयुक्त आदेश गर्न सक्नेछ,’ उपदफा ४ मा भनिएको छ । केसीले पक्राउपछि अदालतसँग क्षमा माग्न सक्ने छन् । उनले मागेको क्षमाप्रति अदालत सन्तुष्ट भए उनीविरुद्धको कारबाही तामेलीमा राख्न सक्ने छ । उक्त ऐनको दफा १७ उपदफा ९५० मा भनिएको छ ‘अदालतको अवहेलनामा कारबाही चलाइएको व्यक्तिले मुद्दाको फैसला नहुँदै जुनसुकै अवस्थामा अदालतसमक्ष क्षमा माग्न सक्नेछ। त्यसरी क्षमा मागेको कुरामा अदालत सन्तुष्ट भएमा त्यस्तो मुद्दाको कारबाही तामेलीमा राख्न सक्नेछ।’ अदालतले फैसला गरिसकेपछि पनि केसीले क्षमा माग्न सक्ने छन्। त्यसमा पनि अदालत सन्तुष्ट भए कैद र सजाय कार्यान्वयन नगर्न आदेश दिन सक्ने छ। यस्तो व्यवस्था सोहि दफाको उपदफा ६ मा उल्लेख छ। प्राध्यापक डाक्टर शशी शर्मालाई ४ दिनको लागि भएपनि चिकित्सा शास्त्र अध्ययन संस्थानको डिनमा पुनर्बहाली हुन प्रधानन्यायाधीश सहितको इजलासले फैसल गरेपछी त्यसमा डाक्टर केसीले असन्तुष्टी जनाएका थिए ।

 

४ वर्ष अघि सरकारले शर्मालाई डिन बनाएपछी त्यसविरुद्ध डाक्टर केसीले अनसन बसेका थिए। कि त बरिष्ठताका आधारमा नभए मापदण्ड बनाएर नियुक्ति गर्नुपर्ने उनको माग थियो। त्यसपछि सरकारले शर्मालाई हटाएको थियो। सरकारले आफुलाई हटाएपछि शर्मा सर्वोच्च गएका थिए। उनको रिटमा तत्कालिन न्यायाधीश सुशीला कार्कीले अन्तरिम आदेश नहुने निर्णय गरेकी थिइन् । त्यसको ४ वर्षपछी आइतबार प्रधानन्याधीश पराजुलीको इजलासले शर्मालाई पुनर्वहाली हुन भनेका थिए। उक्त आदेश आएपछी प्रधानन्यायाधीशले माफियाको साथ दिएको भन्दै कडा आलोचना गरेका थिए। सोमबार ३ बजेपछि उनले प्रधानन्यायधीशको वर्खास्तगी माग्दै अनसन बसे । उनले विज्ञप्ति जारी गरेको २ घण्टा नबित्दै सर्वोच्चले प्रतिवेदन उठाएर अदालतको अवहेलनामा कारबाहि चलाएको छ।