दुई महिनाभित्र गैरकानुनी कामदारलाई देश छाड्न मलेसियाको उर्दी

काठमाडौँ     मलेसियाले आफ्नो देशमा गैरकानुनीरुपमा बसिरहेका विदेशी कामदारलाई दुई महिनाभित्र देश फर्किन आग्रह गरेको छ। आउँदो अगस्ट ३० भित्र देश फर्किन भन्दै मलेसियाले दिइएको समयमा नफर्कने कामदार र उसले काम गर्ने कम्पनीलाई पनि कारबाही गर्ने मलेसियाले जनाएको छ। अवैधानिक रुपमा बसिरहेक कामदारलाई दुईपटक जरिमाना तिरेर स्वदेश फर्किने अवसर दिएको मलेसियाले अब भने कारबाही गर्ने चेतावनी दिएको छ चेतावनी दिएको हो।

गैरकानुनी कामदारलाई अघिल्लो वर्ष अक्टोबर-डसेम्बर ३० सम्म का लागि समय दिएको मलेसिया यो वर्ष जनवरीदेखि जुन ३० सम्मकाे समय दिइएको थियो। मलेसियाले कति नेपाली यसरी अवैधानिकरुपमा काम गरिरहेका छन् भन्ने यकिन तथ्यांक छैन।

तर ५लाख नेपालीमात्र वैधानिक रहेकाले धेरै नेपाली अवैधानिकरुपमा काम गरिरहेको हुन सक्ने मलेसियामा रहेको नेपाली दूतावासले बताएको छ। मलेसियामा माेहन्मद महाथिरकाे नेत्तृत्वकाे नयाँ सरकार गठन भएसँगै गैरकानुनी कामदारलाई देश फर्काउने बताइएको थियो। गत बिहीबारदेखि मलेसियाली प्रहरीले नेपालीलगायत अन्य बिदेशी कामदारको बाक्लो उपस्थिति रहने कोतराय लगायतका विभिन्न छापामारी सयौं गैरकानुनी कामदारलाई नियन्त्रणमा लिएको छ।