साढे ३३किलो सुनकाण्ड: गाेरेका मुख्य सहयोगी राम तिवारी समातिएका छन्

 
 

काठमाडौं । साढे ३३ किलो सुनकाण्डका नाइके भनिएका चुडामणि उप्रेती ‘गोरे’ का सहयोगी पक्राउ परेका छन् । दक्षिण कोरियाबाट फर्केलगत्तै गोरेका मुख्य सहयोगी राम तिवारी पक्राउ परेका हुन् ।

दक्षिण कोरियाबाट फर्किएका तिवारीलाई प्रकरणको अनुसन्धान गर्न गठित छानबिन समितिले विमानस्थलबाट मंगलबार दिउँसो पक्राउ गरेको हो । 

यसअघि सार्वजनिक भएको अपराध महाशाखाका तत्कालिन डिएसपी प्रजित केसी र गोरेबीचको टेलिफोन संवादमा बारम्बार नाम लिइएका तिवारीलाई भेट्न गोरेले आग्रह गरेका थिए । 

काभ्रेका स्थायी निवासी ४३ वर्षीय तिवारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको समितिले जनाएको छ ।

समितिले तीन हजार ८ सय किलो सुन तस्करी र सनम शाक्य हत्याका मुख्य प्रतिवादी चुडामणि उप्रेती गोरे हो भन्दै आएको छ ।