नेकपा संसदीय दलको नेतामा मुख्यमन्त्री भट्ट

 

 

२२ जेष्ठ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं.७ को संसदीय दलको नेतामा मुख्यमन्त्री त्रिलोचन भट्ट चयन भएका छन् ।

उपनेतामा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश बहादुर शाह र प्रमुख सचेतकमा प्रदेशसभा सदस्य तारा लामा तामाङ र सचेतक अक्कल रावल चयन भएका छन् ।

प्रदेश नं.७ को प्रदेश संसदीय दलको आज बिहान बसेको पहिलो बैठकले उनीहरुलाई चयन गरेको हो । यसअघि मुख्यमन्त्री भट्ट नेकपा (माओबादी केन्द्र) र शाह एमालेको तर्फबाट संसदीय दलको नेता चयन भएका थिए । तामाङ एमाले र रावल माओबादी केन्द्रको तर्फबाट संसदीय दलको प्रमुख सचेतक थिए ।

नेकपा एमाले र नेकपा माओबादी केन्द्रबीच पार्टी एकता भएपछि नेकपाको संसदीय दलको नेता उपनेता, प्रमुख सचेतक र सचेतक चयन गरिएको हो।