ठेकेदारहरूप्रति झन कडा बन्दै गृहमन्त्री

 

 

थापाकाठमाडौं । यतिखेर गृहमन्त्री रामबहादुर थापा बादल चर्चामा छन् । उनले देशमा ब्याप्त अराजकता, लुटतन्त्र, तस्कर, दलाल माफिया घुसखोरीकोअन्त्य गर्ने भन्दै लागिपरेका छन् । र पछिल्लो पटक देशमा निर्माणधिन विकासका आयोजनाहरुमा देखिएको लापरबाही र ढिलासुस्तीप्रति विरोध गर्दै काममा लापरबाही गर्ने ठेकेदारकम्पनी विरुद्ध कडा रुपमा उभिएका छन् । ठेक्का लिएर काम नगर्ने प्रवृत्ति विरुद्ध अहिले गृहमन्त्री थापाले दिनहुँ कडा स्वर गरिरहेका छन् ।

विकास निर्माणका कामको ठेक्का लिएर वर्षौंसम्म नसक्ने वा अलपत्र छोड्ने कम्पनी तथा ठेकेदारहरूको सूची मगाएका छन् । र अहिले देशभरिबाट गृह मन्त्रालयमा कामचोर ठेकेदारको सुची आइरहेको छ । यसविचमा उनले बुधबार पनि गृहमन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेर गृहमन्त्री थापाले काम नगर्ने ठेकदारलाई कारबाही गरिछाड्ने दृढता व्यक्त गरेका छन् ।

देशभरबाट कामचोर भनेर भनिएका ठेकेदारहरुको लामो लिष्ट अहिले गृहमन्त्रालयमा छ । तर अहिलेसम्म उनीहरु उपर कारबाही भने हुन सकेको छैन । तर गृहमन्त्री थापाले काम नगर्ने जोसुकै ठेकेदारलाई पनि कारबाही गर्न तयार रहेको बताएका छन् ।

सडक तथा पुल निर्माण ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने तथा सम्पन्न गरेका काम पनि कमसल हुँदा लगानी खेर गएको गुनासो बारम्बार आउन थालेपछि गृहमन्त्री थापा ठेकेदार प्रति कडा बनेका थिए । उनले काम नगर्ने ठेकेदारको फोटो सहित मिडियामा प्रकासन प्रसारण गर्नसमेत सुझाव दिएका थिए । त्यसपछि अहिले गृहमन्त्रालय र मिडियामा काम नगर्ने ठेकेदारका सुची धमाधम बाहिर आइरहेका छन् ।

सत्य हो । नेपालका विकास आयोजनामा बर्षौँदेखि लापरबाही भइरहेकै कारण बषौँदेखिका आयोजना अलपत्र छन् । निर्माणको काम भएकोले ढिला हुनु स्वाभाविक हो । तर ठेक्का ओगट्ने काम नगर्ने समस्या नेपालको निर्माण क्षेत्रको सबैभन्दा ठूलो समस्या हो । २०६६ सालमा ठेक्का लिएर हालसम्म काम नभएका धेरै आयोजना छन् ।

२०६९ मा शहरी विकास मन्त्रालय स्थापना भएपछि भएका ठेक्काहरुसमेत अहिलेसम्म निर्माणाधीन छन् । ठेकेदारहरुबीच अस्वस्थ प्रतिस्पर्धाको कारण न्यून रकममा ठेक्का कबोल गरी सम्झौता गर्ने तर काम भने बिभिन्न बहाना बनाई ढिलाई गर्दै पटकपटक रकम थप गर्ने ध्याउन्नमा देखिन्छन, निर्माण व्यवसायीहरु ।

अधिकांश ठेक्कामा नेताका नजिकका ठेकेदारहरुकै लापरबाही देखिएको पनि सत्य हो । यो स्थितीमा गृहमन्त्री थापा काम नगर्ने जोसुकै ठेकेदार विरुद्ध कडा रुपमा उभिने बताइरहँदा त्यसको कार्यान्वयन साँच्चै हुन्छ कि हुँदैन भन्नेमा चाहिँ थोरै आशंका 

अधिकांश ठेक्कामा नेताका नजिकका ठेकेदारहरुकै लापरबाही देखिएको पनि सत्य हो । यो स्थितीमा गृहमन्त्री थापा काम नगर्ने जोसुकै ठेकेदार विरुद्ध कडा रुपमा उभिने बताइरहँदा त्यसको कार्यान्वयन साँच्चै हुन्छ कि हुँदैन भन्नेमा चाहिँ थोरै आशंका रहेकाे बताए ।