नेपालीहरु राष्ट्रिय स्वाधीनताका निम्ति लड्न तयार छन् : पूर्व पाइलट डिके बुद्धिस्ट

 

प्रकाशित मिति : २०७५ जेष्ठ २५

१. निर्वाचनबाट भर्खरै बहुमतको सरकार बनेको छ । यसले जनजीविकाका समस्या हल गर्न सक्ला ?

जनजीवीकाका समस्याहरु जनताका दैनिक जीवनमा आउने समस्याहरु हुन् । यी समस्या राष्ट्रियता र जनतन्त्रको हाराहारीमा राख्नु हुँदैन । राष्ट्रियता भनेको धेरै माथिको कुरा हो । तर जनजीवीका र विकास साथसाथै जाने कुराहरु हुन् । जनजीवीकाका समस्याहरु समेत यो सरकारले हल गर्न सकेन भने जनताले विकल्प खोज्नेछन् ।

२. नेपालको राष्ट्रिय स्वाधीनताको अवस्था कस्तो छ ?

राष्ट्रियताको सवालबारे कुरा गर्दा दक्षिणको छिमेकी मित्रराष्ट्रको भावना र दृष्टिकोण आफ्ना साना छिमेकीहरुलाई मित्रतापूर्ण व्यवहार गर्ने खालको छैन । उससँगको नेपालको सम्बन्ध तीतो छ । उसले तराई मधेशका केही साथीहरुलाई उचाल्ने काम गरेको छ । पहाडका शासकहरु उसका दलाल बनेका छन् ।

३. मोदी नेपालको दक्षिणदेखि उत्तरसम्म आफ्नै भारतीय सुरक्षा फौज लिएर गए । नेपालको सरकार त चूपचाप रह्यो त ?

आश्चर्य छ, हामी आफै किन चूपचाप रह्यौं । भारतले पहिल्यैदेखि बोर्डरमा थिचोमिचो गरिरहेको छ । उसको बानी पहिल्यैदेखि नै त्यस्तै छ । । उसको बोर्डर सुरक्षा फोर्स छ । हामीले किन राखेनौं । देश र सीमा सुरक्षाका लागि हामी ब्रिटिशसँग लड्यौं । अहिले पनि थिचोमिचोमा परे र अन्याय भए भारतसँग किन नलड्ने ?

यो सरकारले देश र जनता बचाउन चाहेन र सकेन भने हामी लड्नै पर्छ । विश्वका संघसंस्थाहरु आएर पनि त हेर्लान् नि साँचो र झूटो के हो भनेर ? किन छाड्ने हामीले ? अमेरिकामा ट्रम्पले देशका लागि पर्खाल लाउँछु भन्ने, हामीले देशका लागि किन नभन्ने र नगर्ने ? हामी लड्न तयार भएनौं भने उसले हामीलाई सिक्किमे र भुटानी जस्तै हो भन्ठान्न पनि बेर छैन ।

भूटानी त्यति लडाकू होइनन् । हामी त नेपाली हो । हामी लडाकू हौं । हामीसँग वीरताको इतिहास छ । बोर्डर हामीले छाड्न हुँदैन । तर सरकार किन मौन रहेको छ ?

४. मोदीले सुरक्षाका लागि भनेर आफ्नै भारतीय फौज लिएर आए नेपाल भ्रमणमा ? यसले के देखाउँछ ?

मोदीको देशलाई नेपाली सुरक्षाकर्मीले बाचइदिने । तर उनले सत्तरी÷असी जना सुरक्षा पौज लिएर नेपालमा केको तमाशा देखाउनु पर्यो र ? यो मोदीको आफ्नै कमजोरी हो । त्यस्तो काम गर्न नहुने हो । उनी नेपालमा आउँदा त सुरक्षा दिने काम नेपाल सरकारको पो हो त ।
ठीक छ, मोदीले ७०÷८० जना सररक्षाकर्मी लिएर मुक्निाथसम्म पुगे । चीनका राष्ट्रपति पनि आउँदै छन्, उनले ५०० ल्याउलान् सुरक्षाकर्मी । अनि काठमाडौं हुँदै जनकपुर वा बिराटनगरसम्म जाने इच्छा प्रकट गर्लान् । बुद्धको जन्मस्थल लुम्विनी जाने चाहना राख्लान् । के हुन्छ त्यति बेला ? यो नेपालका शासकहरुको कमजोरी हो ।

५. खुल्ला बोर्डरले समस्या पारेको छ । खुल्ला बोर्डर सिल गरे के होला ?

सिल गर्न नसक्नु हाम्रो कमजोरी हो । नेपाललाई त घाटा नै छ त । त्यो भारतलाई फाइदा होला । नेपाल सरकारले प्रयोग गर्दै आएका प्रमुख ६÷७ वटा नाका बाहेक अरु सिल गरे त भइहाल्यो । खुला गरिएका केही निश्चित नाकाहरु निगरानीमा राख्यो अरु सबै सिल गरे भइहाल्छ ।

६. नेपाल सरकारको अर्को समस्या पनि छ । रिटायर भएर बसेका अनुभवी कर्मचारीहरुको क्षमता र प्रतिभा देश विकासमा लगाउन सकेका छैन नि होइन ?

एउटा स्मरणीय कुरा के छ भने दोस्रो विश्वयुद्धमा जर्मनीले कस्सो बेलायत कब्जा गर्यो । हामी जस्ता रिटायर्ड मानिसले बन्दुक उठाएर लडे । हामी नेपाली त झन् अरुका लागि लडिदिएका र लडिआएकाहरु । देशमा आइपर्दा किन नलड्ने ? तीनदिन भोकै बसेर भए पनि राष्ट्रको आवाज उठाउनु पर्छ ।

एउटा कुरा, भूकम्प गएका बखत निकै गर्यो त मोदीले । तेल दिएन, ग्याँस दिएन, नून दिएन । तर हामीलाई के गर्यो त ? हामीले दाउरा बालेर खायौं । नेपालीहरु स्वाभिमानका खातिर लड्न तयार छन् । देशको भित्रभित्र देशका लागि लड्न सक्ने त्यो शक्ति मौजूद छ । त्यो शक्ति उठ्ने दिन न यो सरकार रहला न भारतले हस्क्षेप नै गर्ला ।

देशमा काम नपाएर विदेरशमा गएका १२÷१३ लाख युवाहरु तालिम प्राप्त भएभने हुन्छ के ? देश बचाइदैन र ?

७. ब्युरोक्रेसी, राजनीति र न्यायालयका टप–लेबलमा रहेकाहरुलाई अन्तर्राष्ट्रिय शक्ति केन्द्रले खरिदबिक्रि गरिदिने गर्छन् । यसलाई के भन्नु हुन्छ ?

हो, खरिद बिक्रि भएर पनि यो समस्या आएको छ । केही घोषित आर्थिक सहयोग त विदेशीले नेपाली जनताका लागि गरेका पनि छन् । तर व्यक्तिगत रुपमा बिक्नेहरु राष्ट्रघातीहरु नै हुन् । यिनले सजाय पाउनु पर्छ । राष्ट्रवादी शक्ति देशमा रहिराख्नु पर्छ । कुनै पनि परदेशीले तिम्रो राष्ट्र बचाऊ भन्दैनन् । देशमा राष्ट्रवादी शक्ति उत्पन्न हुनै पर्छ ।

८. राष्ट्रवादी शक्ति कसरी उत्पन्न हुनसक्ला ? केही आधार दिन सक्नुहुन्छ ?

सीमा मिचिएको छ अहिले पनि । गोर्खाले मोदीको देश बाचइदिने तर उनले केही सिपाही लिएर नेपाल र नेपालीको मानहानी गर्ने ? यो राम्रो भएन । उसको सेना पाकिस्तानसँग लड्न सकेको छैन । न त चाइनासँग नै । बङगलादेशसँग पनि लड्न सकेको छैन । यो भनेर हामीले धाक देखाइरहेका छैनौ र होइनौ पनि । बरु मोदी आफैले उनको हैसियत देखाए । नेपाली त्यति दुर्वल र असक्षम छैनन् । बरु मोदीले नेपालको गौरव र नेपालीको वीरतालाई सम्मान गर्न जानेनन् ।