ओलीको राष्ट्रघात र राज्यआतंकका विरुद्ध तीन पार्टीद्धारा जेठ ३१ मा विरोध प्रदर्शन

 


२५ जेठ, काठमाडौं ।नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी, माेहन वैद्यले नेतृत्व गरेकाे क्रान्तिकारी माअाेवादी र ऋषि कट्टेलले नेतृत्व गरेकाे नेपाल कम्युनिस्ट पार्टीले संयुक्त रूपमा अाेली सरकारका विरूद्ध विरोध प्रदर्शन गर्ने भएका छन् ।

अाेली सरकारले चरम राष्ट्रघात गरेकाे, लगायतार पेट्राेलय पदार्थमा मुल्यबृद्धि गरेकाे र जनताकाे ढाड सेक्नेगरी मंहगी बढाएकाे भन्दै तीन कम्युनिस्ट पार्टीले जेठ ३१ गते संघर्षकाे कार्यक्रम घाेषणा गरेका हुन् ।

सरकारले बिनापुर्जी विप्लव नेतृत्वकाे नेकपाका नेता कार्यकर्ता गिरफ्तार गरेर राज्यअातंक सिर्जना गरेकाे भन्दै अाफुहरूले विराेध प्रदर्शन गर्न थालेकाे विज्ञेप्तीमा उल्लेख छ ।

तीन पार्टीका तर्फबाट नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलद्धारा जारी विज्ञप्तिमा सरकार गठन भएको तीन महिना नवित्दै जनता महंगी र मूल्य बृद्धिको मारमा परेको भन्दै संयुक्त रुपमा बिरोध घोषणा गरिएको जानकारी दिएका छन् ।

तीन पार्टीले यही जेठ ३१ गते दिउँसो १ बजे शान्तिवाटिकामा हुने विरोध प्रदर्शनमा सहभागीका लागि सबैमा अपिल समेत गरेकाे विज्ञप्तिमा उल्लेख गरिएको छ ।