दातासँग सम्झौता गर्दा परराष्ट्रको उपस्थिति अनिवार्य, बहुविवाह गरे अब कर्मचारी बर्खास्त

जेठ २६, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले शनिबार भएकाले गहनखाले सामग्री पत्रपत्रिकामा बढी छन् ।

 प्रतिनिधिसभाले फौजदारी अभियोगमा पक्राउ पर्ने सांसदको पद निलम्बन नहुने व्यवस्थासहित शुक्रबार नियमावली पारित गरेकोलाई पत्रपत्रिकाहरुले विविध शीर्षक दिएर आज ‘कभरेज’ गरेका छन् । नियमावली पारित नहुँदा संसदका विषयगत समिति गठन, संवैधानिक निकायका पदाधिकारी नियुक्ति, राजदूत नियुक्ति प्रभावित हुँदै आएको थियो । योसँगै अब संसदलाई आफ्ना कामकारबाही अघि बढाउन मार्ग प्रशस्त भएको छ ।

बहुविवाह गर्ने सरकारी कर्मचारी अब बर्खास्त

अब निजामती कर्मचारीले बहुविवाह गरे जागिरबाट बर्खास्त हुने भएका छन् । सरकारले बहुविवाह गर्ने कर्मचारीलाई सेवाबाट हटाउने गरी नयाँ कानूनको खाका तय गरेको अाजकाे राजधानी दैनिकमा खबर छ ।