मुगु हुलाक कार्यालयले आन्तरिक ट्रयाकिङ सेवा शुरु गरेसँगै सेवाग्राहीलाई राहात

जेठ २६। नेपालमा पछिल्लो समयका सुचना प्रबिधिले निकै गति लिईरहेको समयलाई छोपोर मुगु जिल्ला हुलाक कार्यालय मुगुले शुक्रबारबाट आन्तरीक ट्रयाकिङ्ग सेवा शुरु गरेको छ ।

हुलाक कार्यालयको सेवालाई सुस्त दुरुस्त रुपमा राखी सूचना प्रबिधिको उपयोग सेवालाई प्रभावकारी बिश्वासनिय बनाउन चिट्ठी, हुलाक बस्ती ओसार पोसार दु्रत डाँक पुलिन्दा सेवा, पोस्ट बक्स सेवा, तर्फ पुराना सफ्टयर धनादेश सेवा पुरानो झन्झटिलो भएको भन्दै प्रबिधिका सहज सरल तरिकाबाट काम हुर्ने भएको हुदा आन्तरिक ट्रयाकिङ्ग सेवा ०७४ चैत्र बाट सन्चालन गरीएको भए पनि शुक्रबारबाट औपचारिक रुपमा संचालन गरेको हो । सेवा संचालन गरेयता ११ हजार एक सय १७ रुपैया राजश्व संकलन गरिएको जिल्ला हुलाक कार्यालय मुगुका कार्यालय प्रमुख नाग्मल शाहीले बताए ।

सन् १९३५मा नेपनलमा हुलाक घरको स्थापना काल देखी हालसम्म परम्परागत रुपमा संन्चालन भईआएको सेना समय अनुकुल अन्तराष्ट्रिय प्रणालीसंगै आन्तरिक सेवालाई बिकास गर्ने आवश्यक भएकोले २०७४ श्रावण देखी आन्तरिक ट्रयाकिङ्ग सेवा शुरु काठमाडौ लगाएत उपत्यकाका ३ जिल्ला भित्रका हुलाककार्यालय बिभागको अनुमतिमा देशभरीका जिल्ला हुलाक कार्यालय ईलाका र अतिरिक्त हुलाक समेतमा यो आन्तरिक ट्रयाकिङ्ग सेवा शुरु भएको कर्णाली प्रदेशको जुम्ला, हुम्ला, कालीकोट, डोल्पाामा अझै आन्तरीक ट्रयाकिङ्ग सेवा शुरु भएको छैन ।

पुरानो प्रबिधी छिटो नहुने सेवाग्राहीले समयमा सेवा नपाउर्ने सेवा ग्राही असन्तुस्टी हुने भएको हुदा जिल्ला हुलाक कार्यालयले आन्तरीक ट्रयाकिङ्ग सेवा शुरु गरेको हो । जति सक्दो सबै कार्यालयले प्रबिधी जडान गरी सेवाग्राहीलाई सेवा दिदा सजिलो तथा छिटो हुने गरेको जिल्ला हुलाक कार्यालले जनाएकोछ । ट्रयाकिङ्ग सेवा संचालन भएसंगै सेवाग्राहरुलाई सजिलो तथा छिटो भएपपछि रातहको महशुस गरेका छन् ।