कतारमा नेपाली कामदार घट्दै गए

 

 
प्रकाशित मिति : २०७५ जेष्ठ २५

काठमाडौं, जेठ २५ । अहिले नेपाली कामदार कतारमा जाने क्रममा कमी आएको छ । यो कमी पहिलेको तुलनामा २० प्रतिशतले छ । विदेशबाट प्राप्त हुने रेमिटेन्सबाट देशको अर्थतन्त्र चलिरहेको बेला यसले देशकै थप आर्थिक समस्या निम्त्याउने छ ।

नेपाली कामदार कतारमा जानमा कमी आएको पहिलो कारण कतारले अहिले आफ्नै छिमेकी देशहरुको नाकाबन्दी बेहोरिरहेको छ । एक वर्षअघि कतारविरुद्ध घोषणा गरिएको नाकाबन्दीको उसले मुकाबला गरिरहेको छ ।

इस्लामिक आतङ्कवादलाई सहयोग गरेको भनेर कतारमाथि पश्चिमा देशहरुले नाकाबन्दी लगाउँदा उसका छिमेकी देश साउदी अरब लगायतले उक्त नाकाबन्दीमा साथ दिएका छन् । आतङ्कवादलाई नसघाएकाले आफ्ना छिमेकीहरुले पश्चिमा राष्ट्रहरुको योजनाबद्ध नाकाबन्दीलाई विना आधार साथ र सहयोग नदिन कतारले आह्वान पनि गर्दै आएको छ ।

नाकाबन्दी पूर्व कतार इमिग्रेशनमा निकै लहर चलेको थियो । त्यतिबेला १ लाख २१ हजार नेपालीहरुले कतारमा काम गरिरहेका थिए । तर हाल जम्माजम्मी ९६ हजार नेपाली कामदार मात्र त्यहाँ कार्यरत छन् ।