किन जादै छन् परराष्ट्रमन्त्री ज्ञवाली मंगलोलिया ?

 

  • जेठ २६ गते, २०७५ 

काठमाडौं ।जेठ २६  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज मंगोलोलिया जादैछन् । ज्ञवाली भूपरिवेष्ठित विकासशील देशको अन्तर्राष्ट्रिय विज्ञको बैठकमा सहभागी हुन मंगलोलिया जान लागेक हुन् ।

यही जेठ २८ र २९ गते हुने उक्त बैठकमा सहभागी हुनका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व मन्त्री ज्ञवालीले गर्नेछन ।

बैठकमा वैदेशिक लगानी, सूचना प्रविधिलगातयका विभिन्न विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले उच्चस्तरीय भेटघाट गर्नुका साथै त्यहाँका समकक्षीसँग द्विपक्षीय हितका विषयमा कुराकानीसमेत गर्ने उल्लेख छ ।

उक्त भ्रमण टोलीमा मंगोलियाका लागि नेपालका गैरआवासीय राजदूतसमेत रहेका लीलामणि पौड्याल पनि सहभागी हुने भएका छन् ।मन्त्रालयका अनुसार मन्त्री ज्ञवाली यही जेठ ३० गते स्वदेश फर्कने छन् ।