डा. देवकोटालाई जन्मथालो गोरखा लगियाे
-
जेठ २६ गते, २०७५ शनिबार

काठमाडाैं । न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई उनकै चाहना अनुसार जन्मथालो गोरखा लगिएको छ
उनकै इच्छाअनुसार जन्मथलो लैजान लागिएको हो । हेलिकोप्टरबाट बोहोरा गाउँ पुर्याइनेछ र पुर्खौली घरमा केहीबेर राखिनेछ ।
डा. देवकाटाले पुर्खौली घरको पीढिमा बस्ने र सिष्नेपानी धाराको पानी खाने इच्छा व्यक्त गरेका कारण अनुसार गोरखा लगेर केहीबेरमै फर्काइने डा. तारा अधिकारीले जानकारी दिए ।
पित्तथैलीको क्यान्सरबाट पीडित देवकोटाको बाँसबासीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।