जुम्लामा तारा एयरको विमान दुर्घटना

 

काठमाडौं, जेठ २६ । जुम्लामा तारा एयरको विमान दुर्घटना भएको छ । नेपालगञ्जबाट आएको विमान जुम्ला विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएकाे हाे ।

विमान ल्याण्ड गर्ने क्रममा टायर पञ्चर भएको र अगाडिको भाग तारको जालीमा ठोक्किएको थियो ।

विमानमा १८ जना यात्रु र चालक दलका सदस्य थिए । उनीहरु सबै सकुशल रहेको जानकारी प्राप्त भएको  छ।