गुण्डागर्दीमा संलग्न अशोक लामामाथि प्रहरीद्धारा गोली प्रहार

 

 

प्रकाशित मिति : २८ जेष्ठ २०७५, सोमबार 

 

महाशाखा प्रमुख धिरजप्रताप सिंहका अनुसार हप्ता असुली तथा गुण्डागर्दीमा संलग्न अशोक लामामाथि प्रहरीले गोली चलाएको हो ।

ललितपुर क्षेत्रका व्यापारीहरुलाई धम्क्याउँदै हप्ता उठाउने गरेका लामाले भैँसेपाटी क्षेत्रका क्रसर उद्योगलाई पनि धम्की दिँदै आएको पत्ता लागेपछि प्रहरीले पक्राउ गर्न खोजेको थियो । युएन पार्कमा लामामाथि खानतलासी गर्न खोज्दा प्रहरीमाथि जाइ लागेपछि अपराध महाशाखाको टोलीले गोली हानेको सिंहले जानकारी दिए ।

सिंहका अनुसार दाहिने खुट्टाको माथिल्लो भागमा गोली लागेका लामालाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको छ । प्रहरीले लामालाई पक्राउ गर्ने क्रममा दुई राउन्ड गोलीसहितको एउटा पेस्तोल पनि बरामद गरेको सिंहले जानकारी दिए ।