९८ वर्षमा नागरिकता पाएकी अन्फा जोशीले भन्छिन् : गाउँमै सरकारको अनुभूति भयो

 

 

प्रकाशित मिति : २९ जेष्ठ २०७५, मंगलबार 

दार्चुला, जेठ २८ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनतालाई घरदैलौमा सेवा प्रवाह गर्ने उद्देश्य अनुसार लेकम गाउँपालिकामा पुगेर नागरिकता वितरण गरेको छ । आइतबार र सोमबार गाउँपालिका सदरमुकाम खरकडाबाट नागरीकता बितरण गर्दा बृद्धभत्ता खाइरहेका ६ जना बृद्धाहरुले गरिकता पाएका छन् ।

 

नागरीकता पाउने बृद्धाहरुमा सबैभन्दा जेष्ठ लेकम गाउँपालिका–५ का ९८ वर्षीय अन्फा जोशी रहेका छन् । जन्ममिति प्रमाणित गरेको भरमा अहिलेसम्म वृद्धभत्ता खाइरहेका जोशीले ७२­११­७५—००१५० नम्बरको नागरीकता पाएका हुन् ।

यस्तै लेकम ५ कै ९० वर्षीय विजना जोशी, ९० वर्षीय फुन्ना धामी र ९० वर्षीय जिम्मा जोशीले समेत नागरीकता लिएका छन् । यसैगरी लेकम २ का ८७ वर्षीय तारा पन्त र लेकम ४ का ७३ वर्षीय देवकी पन्त लगायत दुई दिनमा दुइ सय नागरीकले नागरीकता पाएको नागरीकता वितरण टोली प्रमुख सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिए ।

जीबनको उत्तरार्धमा पुग्दा समेत नागरीकता नपाएका बृद्धाहरुले गाउँमै नागरीकता पाएपछि निकै खुसी लागेको बिजना जोशीको भनाइ छ । एक सय बर्ष पुग्न २ बर्षपनि बाकि छैन, थाकिसकेको शरीर कहिले मरिन्छ थाहा छैन, मर्नेबेला गाउँमै नागरीकता बनाउँन पाउँदा सरकार गाउँमै आएको अनुभूति भइरहेको छ ।’ ९८ वर्षको उमेरमा नागरीकता पाएका अन्फा जोशीले भनिन् ।

लेकम गाउँपालिकाबाट सदरमुकाम खलंगा आउन एक दिन पुरै लाग्छ । सडक सञ्जालले हालसम्म नजोडिएको लेकम गाउँपालिकामै पुगेर नागरिकता वितरण गर्न थालेपछि स्थानीयले गाउँमा सरकार आएको अनुभूति गरेको स्थानिय दुर्गादत्त जोशीले बताएका छन् ।

गाउँपालिका अध्यक्ष प्रमानन्द जोशीको बिशेष आग्रहमा सदरमुकाम आएर नागरिकता बनाउन नसक्नेहरुलाइ लक्ष्यित गरी घुम्ती शिविरमार्फत नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । पहिलो पटक जिल्लाको ग्रामिण क्षेत्र लेकम गाउँपालिकामा कम्प्युटरमा नागरीकता बनाउँने सिआइएमएस प्रबिधिको सप्टवयरको प्रयोग गरेर नागरीकता वितरण गरीएको हो ।

कम्प्युटरमा नागरीकताको डाटा इन्ट्री गराउँन बढी समय लागेका कारण सेवाग्राहिहरु धेरै आएपनि सेवा प्रवाहमा केहि ढिलाइ भएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताए । नागरीकता बनाउन आउनेहरुको भीड बढ्दै गएको कारण मंगलबार समेत दिनभर लेकम गाउँपालिका सदरमुकाम खरकडाबाट नागरीकता वितरण गरिने जोशीले जानकारी दिए ।