रहेनन् हाँस्य कलाकार भिमबहादुर थापा

बुधबार,३०जेष्ठ२०७५।हाँस्य सिरियल ‘तितो सत्य’ बरिष्ठ कलाकार भिमबहादुर थापाको निधन भएको छ । गएराती २ बजे उनको निधन भएको हो ।
९२ बर्षको उमेरमा उनको घरमै निधन भएको हो । लामो समयदेखि विभिन्न रोगका कारण पिडित रहेका थापाको अस्पतालमा उपचार भैरहेको थियो । उनले, आफूलाई घरमै लैजानका लागि आग्रह गरेपछि उनलाई घरमा ल्याइएको थियो ।

उनी, निर्देशक तथा कलाकार दीपाश्री निरौलाका ‘धर्म बा’ समेत थिए । भिमबहादुर र दीपाश्रीले सिरियल ‘देवि’देखि नै काम गरेका थिए । उनले, थुप्रै नेपाली चलचित्रमा समेत काम गरेका छन् । तर, पछिल्ला केही बर्षदेखि रोगले थलिएपछि थापाले चलचित्र अभिनय कम गरेका थिए ।

थापा मुटु, फोक्सो, कलेजो लगायतका रोगबाट पिडित थिए । उनको आजै पशुपति आर्यघाटमा दाहासंकार गरिनेछ । त्यसअगाडि काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने तयारी गरिएको छ । पोखरामा चलचित्र ‘छक्का पन्जा ३’को छायांकनको क्रममा रहेकी निर्देशक दीपाश्री निरौला आफ्ना ‘धर्म बा’को निधनपछि काठमाण्डौ आउँदैछिन् ।