अरुण तेस्रोमा अज्ञात व्यक्ति द्वरा बम प्रहार

बुधबार, जेष्ठ ३०, २०७५

पुर्वी नेपालको संखुवासभाको खाँदबारी-९ तुम्लिङटारमा अवस्थित अरुण तेस्रो जलविद्युत आयोजनाको कार्यालयलाई लक्षित गरी सकेट बम प्रहार भएको छ । हिजो राती पौने १ बजेतिर तीनवटा सकेट बम प्रहार भएको हो ।
कार्यालय भन्दा टाढै  बिस्फोट भएकाले कुनै क्षति भएको छैन ।

प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले मिडिया सग भने, ‘अरुण तेस्रोको हेडक्वाटरभन्दा माथितिर एउटा बाटो छ । त्यही बाट हानेको हुनसक्छ ।
प्रजिअ अधिकारीले बम फ्याँक्ने समूहको खोजी जारी रहेको जानकारी दिए । उनले भने, ‘भोजपुरतिरबाट आएर बम पड्काएर फेरि भोजपुरतिर नै फर्किएको हुनसक्ने हाम्रो अनुमान छ । खोजतलास जारी राखेका छौं ।’

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो नेपाल भ्रमणको पूर्वसन्ध्यामा गत वैशाख १६ गते कम्पाउन्ड वालमै बम प्रहार भएको थियो । नेपाल भ्रमणमा आएको बेला प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी मोदीले काठमाडौंबाटै अरुण तेस्रोको शिलान्यास गरेका थिए ।
अरुण तेस्रो जलविद्युत आयोजना ९ सय मेगावाट क्षमताको हो ।