दूधका ४२ मध्ये ४० ब्रान्डमा सोडा मिसाएकाे भेटियो
प्रकासित मिति : ३१ जेष्ठ २०७५, बिहीबार
प्रकासित समय : ०९:४२
३१जेठ २०७५
काठमाडौ ।राजधानीमा दूध प्रशोधन गरी बिक्रीवितरण गर्दै आएका अधिकांश उद्योगहरुले अम्लीयपन घटाउन (फाटन नदिन) आफ्ना उत्पादनमा मानव स्थास्थ्यका लागि हानिकारक सा्डा मिसाउने गरेको पाइएको छ ।
कान्तिपुरका अनुसार केन्द्रीय प्रयोगशालाले २५ वटा दूध प्रशोधन उद्योगका ४२ ब्रान्डका नमूना परीक्षण गरेकामा ४० वटा ब्रान्ड (पाउच) का दूधमा सोडा मिसाएको पाइएको कृषि, भूमिसुधार तथा सहकारी मन्त्रालयले बुधबार सार्वजनिक गरेको प्रतिबेदनले औंल्याएको छ ।
राजधानीमा ३० वटा दुग्ध प्रशोधन उद्योगले पाउचमा दूध बिक्री गर्दै आएका छन् । यीमध्ये २५ वटा उद्योगका ४२ वटा ब्रान्डका नमूना सोमबार कृषि, भूमिसुधार तथा सहकारीमन्त्री चक्रपाणि खनाल नेतृत्वको टोलीले संकलन गरेको थियो ।