गुमेको आँखाको ज्योति २० रुपैयाँमै फर्किएपछि बझाङका बासिन्दा दंग

प्रकाशित मिति : ३१ जेष्ठ २०७५, बिहीबार

 

बझाङ, जेठ ३१ । २० रुपैयाँ तिरेर बझाङ जिल्लाका १ सय ९० जनाले गुमाएको आँखाको ज्योति पाएका छन् । बझाङ जिल्लामा गेटा आँखा अस्पताल गेटा कैलालीको आयोजनामा संचालन भएको आँखा शिवरमा बझाङका नागरिकहरुले २० रुपैयाँमा नै आँखाको शल्यक्रिया गराएर गुमाएको आँखाको ज्योति पाएका हुन् । ३० गतेबाट संचालन भएको आँखा शिवीरमा ६ सय ५० जनाले सेवा लिएको आँखा उपचार केन्द्र सिमखेतका ईन्चार्ज ब्यासमुनि रानाले जानकारी दिएका छन् । बढी जस्तो आँखाको समस्या महिलाहरमा देखा पर्ने गरेको रानाको भनाइ छ ।

 

घराँयसीदेखि हरेककामहरुमा महिलहरुले बढी सक्रिय हुने भएका कारण बझाङ जिल्लमा आँखाको समस्या बढी जस्तो महिलामा देखा पर्ने गरेको उनले बताएका छन् । ‘२० रुपैयाँ तिरेर आँखा देख्ने भए । ३ वर्षदेखि एउटा आँखा देख्दैन थिए, सुर्मा गाँउपालिका २ का धिर्जबहादुर बोहराले भने । घरको आर्थिक स्थिती कमजोर भएका कारणले उपचार गराउन समस्या भएको उनको भनाइ छ ।

 

‘घरमा काम गर्ने क्रममा ढुङ्गा फोड्दा आँखामा चोट लागेको थियो । उनले भने, अस्पतालमा नै उपचार पाएपछी ढुक्क भइयो ।’ २० रुपैयाँ तिरेर दाँया आँखाको पनि शल्यक्रिया भएको र अब दबै आँखाले देख्ने भएको थलारा गाँउपालिका की ६५ वर्षीय झुमा सार्कीले बताइन् ‘घरमा आर्थिक अवस्था कमजोर भएका कारणले दाँया आँखाको शल्यक्रिया गर्न सकेकी थिइँन।’ उनले भनिन् ‘जिल्ला अस्पताल सिमखेतमा आखाँको जाँच मात्र गराउन आएकी थिए यहाँ त आँखाको शल्यक्रिया गरेर आँखा नै देख्ने बनाई दियो अहीले दबै आँखाले देख्न सक्ने भए ।

 

एउटा आँखाले अलिअलि देख्न सक्ने भए पनि दाँया आँखाले देख्न छोडेकी जयपृथ्वी नगरपालिका–१० की बेलमति कामीले समेत आफ्नो आँखाकोे शल्यक्रिया गरे पछिराम्रोसँग यो संसार देख्न पाएको अनुभव उनले सुनाइन् । ‘आर्थिक अभावका कारण उपचार गराउन नसकी आँखा नै गुमाउनु परेको थियो ।’ उनले भनिन्, अस्पतालबाट नै आँखा देख्न सक्ने भए, निकै खुःसी लाग्यो ।’ शिवीरमा अहिले सम्म १९० जनाको शल्यक्रिया र ६ सय ५० जनाको ओपिडी गरिएको जनाइएको छ ।