चे आज पनि करोडौं श्रमजीवी जनतामाझ ज्युँदै छन्

 

चे आज पनि करोडौं श्रमजीवी जनतामाझ ज्युँदै छन् चे आज पनि करोडौं श्रमजीवी जनतामाझ ज्युँदै छन् “आज चे ग्वेभेराको जन्मदिन अर्थात् जुन १४ । उनी अर्जेन्टिनाको रोसारियोमा सन् १९२८ मा जन्मिएका थिए ।

 

आज उनी जन्मिएको पनि ९० वर्ष पूरा भइसकेको छ । विश्वका माक्र्सवादी क्रान्तिकारीहरुले चे ग्वेभारालाई विश्व क्रान्तिका नायकका रुपमा स्मरण गर्छन् । उनी अर्र्जेिन्टनामा जन्मिएर क्युवामा क्रान्ति सम्पन्न गरी” चे ग्वेभेराको जन्मदिन अर्थात् जुन १४ । उनी अर्जेन्टिनाको रोसारियोमा सन् १९२८ मा जन्मिएका थिए । आज उनी जन्मिएको पनि ९० वर्ष पूरा भइसकेको छ ।

 

विश्वका माक्र्सवादी क्रान्तिकारीहरुले चे ग्वेभारालाई विश्व क्रान्तिका नायकका रुपमा स्मरण गर्छन् । उनी अर्र्जेिन्टनामा जन्मिएर क्युवामा क्रान्ति सम्पन्न गरी बोलिभियाको मुक्तियुद्ध लडिरहँदा अक्टोबर ९ सन् १९६७ मा मारिएका थिए ।

 

उनले व्यक्तिगत स्वार्थ परित्याग गरी विश्वका श्रमजीवीहरुको मुक्तिका खातिर आफ्नो सिंगो जीवन बलिदान गरेका थिए । अर्जेन्टिनाको एक मध्यम वर्गीय परिवारमा जन्मेका उनी पेशाका हिसावले मेडिकल डक्टर थिए । शिक्षित र जानेबुझेको परिवार जन्मेकाले उनको जनसाधरणप्रति गहिरो झुकाव थियो भने अर्कोतिर पुँजीवादी साम्राज्यवादप्रति उनको चर्को घृणा थियो । सानैदेखि विद्रोही स्वभावका उनी नयाँ र सिर्जनात्मक कामहरुमा निकै आँखा लगाउँथे । केही नयाँ सोच भएकाले उनी अध्ययन बाहेक सामाजिक काममा गहिरो चासो राख्ने गर्दथे ।

 

अध्ययन सिध्याउँदै गर्दा माक्र्सवाद र माक्र्सवादी आन्दोलनतर्फ उनी आकृष्ट हुँदै गए । उनी डाक्टरी पेशा छाडेर क्युवाको क्रान्तिमा फिडेल क्यास्ट्रो र उनका भाइ राहुल क्यास्ट्रोसँग छापामार युद्धमा सामेल भएका थिए । क्रान्ति सम्पन्न भएपछि उनी क्युवाली सरकारका मन्त्री पनि भए । उनलाई मन्त्री बनेर बसिराख्न मन लागेन । त्यसपछि क्युवा छाडेर उनी बोलिभियाली जनताको साथ दिन पुगे । छापार युद्ध लड्दलड्दै उनी अमेरिकी रेञ्जर फोर्सको घेरामा परी मारिए र उनको लाश बेपत्ता बनाइयो

 

। तर लगभग ४७ वर्ष पछि आएर मारियो भर्गास नाम गरेका एक बोलिभियाली पूर्व सैनिक जनरलले चेको चिहान सिकाएपछि उत्खनन् गरियो र चेको अस्थिपञ्चर ठूलो जनसहभागिताका साथ क्युवा पुर्याएर सार्वजनिक गरियो । आज चे विश्वभरका श्रमजीवी जनताका माझ अझैं जीवन्त आदर्शका रुपमा बाँचिरहेका छन् ।