अब खाडीका राम्रा कम्पनीमा मात्रै नेपाली जान पाउने

१जेेठ२०७५शुुक्रबार

काठमाडौ ।  खाडीका सबै पंकृतिका रोजगारदाता कम्पनीले नेपाली कामदार लान नपाउने भएका छन् ।

कान्तिपुरका अनुसार कामदारलाई न्यूनतम आधारभूत अधिकार नदिने साउदी अरब, कतार, यूएई, कुवेत, बहराइन र ओमनका रोजगारदाता कम्पनीमाथि नेपाली दूतावासहरुले नयाँ नेपाली कामदार लैजान नपाउने नीति कडाइका साथ लागू गर्न थालेका हुन् ।

साउदी अरबस्थित नेपाली दूतावासका उपनियोग प्रमुख आनन्दराज शर्माले कम्पनीको हैसियत हेरेर मात्रै नेपाली ल्याउन अनुमति दिन थालिएको बताएको कान्तिपुरमा खबर छ ।