बझाङमा मादक पदार्थ सेवन गरी आपसमा झगडा हुँदा एकको मृत्यु

बझाङ, असार १ । बझाङमा मादक पदार्थ सेवन गरी आपसमा झगडा हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार बेलुका छविसपाथीभेरा गाउँपालिका–२ का ४० वर्षीय थुमु सार्की र प्रेमपति सार्कीबीच आपसमा विवाद भइ झगडा हुँदा ४० वर्षीय थम्मु सार्कीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक ऋषिराम कडेलले जानकारी दिएका छन् ।

 

बिहीबार बेलुका छविसपाथीभेरा गाउँपालिका–२ को दय भन्ने ठाँउमा झगडा हुँदा थमु सार्कीको ज्यान गएको मृतकका आफन्तले जनाकारी गराएको प्रहरी जनाएको छ ।

प्रेमपतिको टाउकोमा समेत चोट लागेको जनाइएको छ । बिहीबार बेलुका भएका उक्त घटना शुक्रबार बिहान मात्रै थाहा भएको प्रहरीले जनाइको छ । बिहान थमु सार्कीको खोवतलास गर्दा शरिरको ठाँउ–ठाँउमा स्यालले खाएको अवस्थामा छेल्याखर्क भन्ने ठाँउमा मृत अवस्थामा शव फेला परेको हो ।

 

 

घटनाका आरोपित प्रेमपती सार्कीलाई प्रहरीले नियन्त्रणमा लिइ सकेको र जिल्ला प्रहरी कार्यलयमा ल्याउने तयारी भइ रहेको प्रहरीले जनाएको छ । यस्तै मृतक थमु सार्कीको शव समेत पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइदैछ ।