यादव भन्छन्, (नेकपा) सँग पार्टी एकता हुँदैन- प्रायोजित भ्रम छरियाे

काठमाडौ २ असार । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले केपी प्रचण्ड नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीसँग एकता हुन लागेको भन्ने चर्चा गलत भएको भन्दै खण्डन गरेको छ ।

 

उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहेका अध्यक्ष यादवले विज्ञप्ति जारी गर्दै (नेकपा)सँग पार्टी एकताबारे सुनियोजित ढंगले जनतामा भ्रम सिर्जना हुने गरी प्रचार गरिएको भन्दै पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष्ट  पारेकाे छ ।

 

फोरम नेपालको गत वैशाख २१ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले नीति, सिद्धान्त र विचार मिल्ने दलसँग एकीकरण गर्न सकिने निर्णय गरेको तर, जनतामा गलत भ्रम फैलाउने नियतले गलत प्रचारबाजी गरिएको आरोप यादवको छ ।

 

‘विगत केही दिनयता विभिन्न संचार माध्यम र समामाजिक सञ्जालहरुमा संघीय समाजवादी फोरम नेपाल र नेकपाबीच पार्टी एकीकरण हुन लागेको भनी प्रचारित समाचारहरुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

 

, विज्ञप्तिमा भनिएको छ, ‘तथ्यहीन ढंगले आइरहेका गलत समाचारहरुको भ्रम फैलाउन र जनतामा गलत सन्देश दिने नियतले प्रचारित यस्ता प्रायोजित एवं निराधार समाचारहरुमा कुनै सत्यता नरहेको तर्फ पनि सम्पूर्ण पार्टी पंक्ति र आमजनतालाई स्पष्ट पार्न चाहन्छौं।

विज्ञप्तिमा भनिएको छ । संविधान संशोधनबारे नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग तीन बुँदे सहमति गरेपछि यादव नेतृत्वमा फोरम सकारमा सहभागी भएको थियो ।