प्रधानमन्त्री चीनबाट फर्कनासाथ संविधान संशोधन
प्रकासित मिति : ३ असार २०७५, आईतवार
प्रकासित समय : ०८:५८
प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओली चीन भ्रमणबाट फर्कनासाथ संविधान संशोधन प्रक्रिया अघि बढ्ने।
नेकपासँग संविधान संशोधन यथाशीघ्र गर्नेसर्तसहित सत्तामा सहभागी संघीय फोरम, सत्तामा जान तम्तयार राजपा र सरकारमा कांग्रेसबाहेकका शक्तिको प्रतिनिधित्व गराउने ओलीको रणनीतिले संशोधन अघि बढ्न लागेको अन्नपूर्णको विश्लेषण छ ।
नेकपाका अर्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डसमेत मधेसवादी दलप्रति लचकदार छन् । संघीय फोरमका वरिष्ठ नेता अशोक राईले प्रधानमन्त्री चीनबिाट फर्कनासाथ संविधान संशोधनको प्रक्रिया अघि बढ्ने बताए । समाचार अन्नपूर्णमा छ ।