मन्त्रीहरुले अाफुमात्र हिरो बन्ने काम गरेको भन्दै ओली रुष्ट भएका छन्

काठमाडौं, ३ असार । प्रधानमन्त्री केपी शर्मा ओली यतिवेला मन्त्रीहरुसँग रुष्ट बनेका छन् । आफू नेतृत्वको सरकारमा रहेका मन्त्रीहरुले सरकारलाई जस दिनुभन्दापनि एक्लाएक्लै जस लिने काम गरेको भन्दै ओली रुष्ट बनेका हुन् ।

सरकारले तीन महिने हनिमुन मनाईसकेको छ । तर, यो बीचमा सरकारले सन्तोषजनक काम गर्न नसकेको आम जनताको गुनासो छ । स्रोतका अनुसार प्रधानमन्त्री ओली मन्त्रीहरु वर्षमान पुन, लालबाबु पण्डित, रघुवीर महासेठ र सञ्चारमन्त्री गोकुल बाँस्कोटासँग रुष्ट छन् ।

स्रोतका अनुसार पछिल्लो समय प्रधानमन्त्री ओली सञ्चारमन्त्री बास्कोटाको कार्यशैलीलाई लिएर पनि असन्तुष्ट बनेका छन् । मन्त्री बास्कोटा अहिले विवादमा परेका छन् ।

त्यस्तै मन्त्री मन्त्रीहरुबीचको क्षेत्राधिकारलाई लिएर पनि अहिले सरकारमा असन्तुष्टि देखिएको छ । आजकाल प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग भन्न थालेका छन्, आजकाल मन्त्रीहरु आँफूमात्रै हिरो बन्ने काममा व्यस्त छन्, हेरौं यीनीहरुको चाला ?