करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु, एक घाइते

मिति : ४ असार २०७५, सोमबार 

अत्तरिया, असार ४ । कैलालीको गोदावरी नगरपालिका–३ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा गोदावरी नगरपालिका–८ का अन्दाजी ३२ वर्षीय करपाक चौधरी रहेका छन।

नगरपालिकाको वडा नम्बर ३ पुरानो मालाखेती बजार जाने बाटो नजिकै रहेको विद्युत्को ट्रान्सफर्मर मर्मत गर्ने बेला सोमबार दिउँसो साढे १२ बजे करेन्ट लागेर चौधरीको मृत्यु भएको हो ।

सोही नगरपालिका–४ का अन्दाजी ३० वर्षीय मंगल चौधरी घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुबै जनालाई घटना स्थलबाट उपचारका लागि अत्तरिया स्थित पदमा अस्पताल पु¥याइएको थियो । पद्मा अस्पतालमा उचार हुन नसकेपछि थप उपचारका लागी रेफर गरी सेती अञ्चल अस्पतालमा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते मंगल चौधरीलाई थप उपचारको लागि अत्तरिया पद्मा अस्पतालबाट कोहोलपुर लगिएको छ । दुबै जना विद्युत्को प्राइभेट कम्पनी वीरभद्र बिजुली सेवा अत्तरियामा कार्यरत कर्मचारी हुन् ।