गौतमबुद्ध विमानस्थलमा फेरि अबरोध

 

प्रकाशित मिति : २०७५ असार ४
हाल निर्माण भइरहेको भैरहवास्थित अन्तर्र्रािष्ट्रय गौतमबुद्ध विमानस्थल निर्माण कार्यमा फेरि अवरोध सिर्जना भएको छ । विमानस्थल निर्माणका लागि स्थानीय जनताको नम्बरी जग्गा अधिग्रहण गरेर द्रुत गतिमा सरकारले थालेको काम फेरि अबरुद्ध हुन गएको छ ।

 

यसपालाको अबरोध प्राविधिक वा अरु कुनै पनि कारणले नभई स्थानीय जनताको अधिग्रहण गरिएको जग्गाको मुआब्जा नदिएकाले हुन गएको हो । स्थानीय जनता निर्माणाधीन विमानस्थलमै पुगेर धर्ना दिने अवस्थाको सिर्जना हुनु सरकारको चरम लापरवाही पनि हो ।
विमानस्थल निर्माण गर्ने योजनाका साथ १ हजार ७ सय ४० घरपरिवारको घरजग्गा अधिग्रहणमा गरिएको थियो । यो पनि स्थानीय जनताको सल्लाह र सहभागितामा भएको थियो । सरकारी आँकलन र हिसाबअनुसार अधिग्रहण गरिएको जग्गाको मूल्य २३ अर्ब मुआब्जा रहेको थियो । तर अहिलेसम्म ६ अर्ब मात्रै स्थानीय जनतालाई बुझाइएको उनीहरु बताउँछन् ।

 

त्यसै त लुम्विनीमा केही काम पनि नहोस् र यो इतिहासको एक स्मरणीय भाग मात्र बनोस् भन्ने केही शक्ति राष्ट्रको चाहना छ, झन् त्यसमाथि यति ठूलो सरकारी लापरवाही ! सरकारको कारणले लुम्बिनी इतिहासको गर्भमा नजाओस् ।जनताको प्रश्न पनि छ, सरकार र सरकारी मान्छेहरुले देखाउँदा स्थानीय जनता, तर भित्रभित्र ती कुभलो चिताउनेहरुसँग गोप्य कुरा त गरिरहेका छैनन् ? स्थानीय जनता दोषी पनि हुन सक्दैनन् । उनीहरु भन्छन्।

 

‘दिन नजान्ने र लिन मात्र जान्ने सरकारले ‘पानी, विजुली, लाइसेन्स नवीकरण आदि बुझाउने काम एक दिन मात्रै भए पनि फाइन लिने तर हामी नागरिकका लागि सेवा, सुविधा र आफ्नै जग्गाको मूल्य दिने भनेको खोई ? हाम्रा जग्गाको पैसाको व्याज वा हर्जाना लाग्दैन र ?’
निर्माणाधीन विमानस्थलमा पुगेका जनताले आफूले कमाउँदै आएको जग्गाको मुआब्जाको मूल्य अहिलेको बढेको मूल्यलाई जोडेर ढिलोमा दुई हप्ताभित्रै दिइसक्नु पर्ने बताएका छन् ।

 

हरेक पटक सोध्नजाँदा ‘बजेट विनियोजित भएको छ, आइहाल्छ, दिइहाल्छौं’ भन्ने गरेको गुनासो पोख्दै स्थानीय जनता भन्छन्– ‘हामी पनि त घरबासविहीन भएर विमानस्थल निर्माण गरौं भनी जोतखाई गरेको पुख्र्यौली जमीन दिन सहमत भएका हौं नि त ।’

 

यो आयोजना काम थालनी गरेको समयका हिसाबले तीन वर्षभित्र सक्ने भनिएको थियो । आजभन्दा चारवर्ष अघि ‘नर्थ वेस्ट सिभिल एभिएसन’ नामको चिनियाँ ठेक्का कम्पनीले निर्माण थाले पाि बेलाबेलामा आउने अबरोधले काममा ढिलाइ भइराखेको ठेकेदार कम्पनीको पनि गुनासो छ ।