चिठ्ठामा पनि ठगियो कांग्रेेस
२असार २०७५साेमबार

दुई, चार र ६ वर्षको कार्यकाल छुट्टाउन संघीय संसद भवनको ल्होत्से हलभित्र राष्ट्रियसभा सदस्यहरुलाई चिठ्ठा तान्न लगाइएको थियो ।
कांग्रेसका १३ सदस्यमध्ये ७ सांसदको अवधि दुई वर्षमा नै सकिने भएको छ । राष्ट्रियसभामा दलको नेता रहेका सुरेन्द्रराज पाण्डे र प्रमुख सचेतक सरिता प्रसाई दुबैलाई २ वर्षको मात्र चिठ्ठा परेको छ ।
२ सांसदलाई चार वर्ष र बाँकी ४ सांसदलाई ६ वर्षे कार्यकालको चिठ्ठा परेको छ ।
दलित र अपाङ्ग तथा अल्पसंख्यक सांसदको चुनाव भने बहुमतीय प्रक्रियाबाटै भएको हो । यसरी हेर्दा दुई वर्षपछि ५९ सदस्यीय राष्ट्रियसभामा कांग्रेसका ६ जना सांसद मात्र हुनेछन् भने चार वर्षपछि चार जना मात्र रहने अवस्था आउनेछ ।
७ जनालाई २ वर्षे कार्यकाल परेपछि सांसद वद्री पाण्डेले कांग्रेसलाई चिठ्ठाले पनि ठगेको प्रतिक्रिया दिए ।