नियम विपरित चल्ने सवारी साधन माथी कारवाही तिव्र, १ सय ७ सवारी कारवाहीमा

 

५असार २०७५मंगलबार

जनकपुरधाम। जिल्ला ट्राफिक प्रहरी कार्यालय धुषाले नियम विपरित चल्ने सवारी साधन माथीको कारवाहीलाई तिव्र बनाएको छ । बढ्दो सडक दुर्घटना रोक्न तथा व्यबस्थित पार्किङका लागी ट्राफिक प्रहरीले जिल्लामा विशेष कारवाही तीव्र बनाएको हो ।

प्रदेश नम्बर २ राजधानी समेत रहेको जनकपुरधाम उपमहानगरपालिकामा अव्यबस्थित सवारी साधन पार्किङ नियन्त्रण तथा सडक दुटर्घटना नियन्त्रणका लागी सवारीसाधन चेकजाचमा कडाई गरीएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख दिपक साहले बताए ।

दैनिक सवारी साधन चेकजाचकै क्रममा विभिन्न ठाँउमा आज सोमबार ओभर लोड, सवारीचालक अनुमती पत्र नभएका, कागज पत्र साथमा नभएको , प्रयोजन विपरीत संचालित सवारी साधन गरी १ सय ७ सवारी साधन कार्वाहिमा परेको साहले बताए ।

उपमहानगरपालिका भित्र साँघुरो सडक, निर्माणाधिन सडक तथा धेरै मात्रामा सवारी साधन रहेकोले पार्किङमा समस्या रहेको बताउदै साहले सडक अनुशासन बारे सवै चालकमा चेतना बढाउने र कारबाहीको काम झन् तीव्र बनाइने बताए ।

सडक अनुशासन र ट्राफिक चिन्हको पालना अनि महिला मैत्री भावना र तीव्र गति लगायतका विषयमा बढि प्राथमिकता दिएर कार्यक्रम चलाइने साहको भनाई छ । दैनिक सवारी साधन कार्बाहिमा परे संगै राजश्वमा समेत बृद्धि भएको कार्यालयले जनाएको छ ।