इजिप्टलाई हराउँदै रुस दोस्रो चरण नजिक
“
रुस विश्वकप फुटबलमा आयोजक रुस समूह चरणको आफ्नो अर्को खेलमा विजयी हुँदै दोस्रो चरण नजिक पुगेको छ।
इजिप्टमाथि उसले हासिल गरेको ३-१ को जितलाई सेन्ट पिटर्सबर्गस्थित रंगशाला र रुसभरि हर्षोल्लासले स्वागत गरिएको थियो।
यसअघिको आफ्नो पहिलो खेलमा रुसले साउदी अरेबियालाई ५-० ले हराएको थियो।
मोहम्मद सलाहको टोली इजिप्टले रुसी खेलाडीले टाउकोले हानेको बल रोक्ने प्रयासमा ४७ औँ मिनेटमा आत्मघाती गोल खाएको थियो।
सान्त्वना
काँधमा चोट लागेका सलाह पहिलो पटक मंगलवारको खेलमा सहभागी थिए।
उनले पेनाल्टीमार्फत एक गोल हाने पनि त्यो सान्त्वना गोल मात्रै बन्न पुग्यो।
विश्वकप २०१८: रुस र इजिप्टबीचको भिडन्त
सलाहविनै इजिप्ट उरुग्वेविरुद्ध मैदानमा
यसअघि रुसका लागि डेनिस चेरीसेभ र एरटेम ज्युबाले गोल हानेका थिए।
बुधवार हुने खेलमा साउदी अरेबियाले युरुग्वेलाई पराजित गर्न सकेन भने रुस दोस्रो चरणमा प्रवेश गर्नेछ भने इजिप्ट प्रतियोगिताबाट बाहिरिनेछ।
मंगलवार आफ्नो प्रतिद्वन्द्वी टोलीलाई हराउँदै सेनेगल यो विश्वकपको समूह चरणको पहिलो खेल जित्ने पहिलो अफ्रिकी देश बनेको थियो।
अरू चार अफ्रिकी टोलीहरूले यो विश्वकपमा खेलेका आफ्ना पहिलो खेलमा पराजय बेहोरेका छन्।
विवादास्पद
उसले पोल्याण्डमाथि २-१ को जित हासिल गर्यो।
अपेक्षा अनुसार पोल्याण्डले खेल्न नसेकेको भनेर टिप्पणी भएको उक्त खेलमा सेनेगलले गरेको दोस्रो गोल भने विवादास्पद बनेको थियो।
सन् २००२ को विश्वकपमा सेनेगल क्वार्टरफाइनलसम्म पुगेको थियो।
विश्वकप: काे इतिहासले विजेता देखाउन सक्छ?
विश्वकप २०१८ बारे जान्नुपर्ने कुरा सात चित्रमा
पोल्याण्डविरुद्ध उक्त टोलीका खेलाडीहरूले शारीरिक र रणनीतिक रूपमा उत्कृष्ट खेल प्रदर्शन गरेको टिप्पणी भइरहेका छन्।
यसअघि मंगलवारकै अर्को खेलको जापानले कोलम्बियाविरूद्ध आश्चर्यजनक २-१ गोल अन्तरले जित निकालेको थियो।
यो विश्वकप अन्तर्गत पहिलो पटक आफ्ना सदस्यले रातो कार्ड पाएपछि कोलम्बिया १० खेलाडीमा सीमित भएको थियो।bbc