‘संविधान बनाउँदा पार्टी हेर्न भ्याइनँ’ : देउवा


हेटौंडा, असार ६ । कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान निर्माण र कार्यान्वयन प्राथमिकतामा परेकाले पार्टीमा ध्यान दिन नसकेको स्विकारेका छन् ।

हेटौंडामा मंगलबारदेखि सुरु भएको जिल्ला सभापतिको राष्ट्रिय भेलाको उद्घाटन सत्रमा बोल्दै उनले कतिपय विषय ‘अतिरञ्जित र अशोभनीय ढंग’ ले पनि उठ्ने गरेको तर्क गरे ।
पार्टीभित्र साथीहरूबाट केही असन्तुष्टि अभिव्यक्त हुने गरेका छन्, कतिपय कुरालाई मैले स्वाभाविक रूपमा लिएको छु भने कतिपय अतिरञ्जित र अशोभनीय ढंगले पनि उठ्ने गरेका छन्,’ लिखित मन्तव्य दिएका उनले भने।

‘संविधान निर्माण र कार्यान्वयन प्राथमिकताका विषय भएको हुँदा मेरो र पार्टीको सम्पूर्ण ध्यान र ऊर्जा त्यसतर्फ केन्द्रित भयो ।आजको कान्तिपुर दैनिकले छापेको छ ।