प्रधानमन्त्री अाेली र चीनीयाँ राष्ट्रपतिबीच भेटवार्ता, चिनियाँ रेल छिट्टै काठमाडौं सि.

 

असार, बेइजिङ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा अाेलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नुभएकाे छ

उक्त भेटमा  राष्ट्रपति सी ले पालको विकास यात्रामा साझेदार बन्न चीन तयार रहेको भन्दै चिनियाँ रेल छिट्टै काठमाडौं पुग्ने विश्वास व्यक्त गर्नुभयाे ।

पूर्वाधार विकास नेपालको प्राथमिकतामा रहेको भन्दै प्रधानमन्त्री ओलीले रेल्वे र उत्तर दक्षिण जोड्ने सडक तथा नाका खुलाउनुपर्नेमा जोड दिनुभयाे । जवाफमा राष्ट्रपति शीले चिनियाँ रेल छिट्टै काठमाडौं पुग्ने विश्वास व्यक्त गर्नुभयाे ।

रेल्वे निर्माणबारे भोलि दुई देशबीच सम्झौता पनि हुँदैछ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार रेल्वेको डीपीआर निर्माणबारे समझेदारी हुन लागेको हो ।

अहिले जारी रहेको पूर्वसम्भाव्यता अध्ययन अगस्टमा सकिनेछ । नेपालले अनुदानमा बनाइदिन आग्रह गरे पनि रेल्वे निर्माणको मोडालिटी टुंगिएको छैन ।

चीनले पूर्ण अनुदानमा बनाउन नमाने केही अनुदान र केही सहुलियतपूर्ण ऋणमा भएपनि बनाउने सरकारको योजना छ । यो रेल नाफा घाटा भन्दा पनि रणनीतिक महत्वको भएको भन्दै परराष्ट्रमन्त्री ज्ञवालीले मोडालिटीबारे छलफलमै रहेकेा बताउनु भयाे ।

भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई नेपाल भ्रमणकाे निम्ताे दिनुभएकाे छ । उहाँले सि लाइ स्वागत गर्न आतुर रहेको बताउनु भयाे ।