स्वस्थ रहन याेगा गर्न अावश्यक: मुख्यमन्त्री भट्ट

 

धनगढी, असार ७ । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले योगलाई प्रदेश भरी अभियानकै रुपमा संचालन गरिने बताएका छन् । चौथो अन्तराष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले प्रदेशका जनतालाई निरोगी बनाउन पनि योगलाई अभियानात्मक रुपमा संचालन गरिने बताएका हुन् ।

हरेक मानवको पहिलो सम्पतीभनेकै स्वस्थ्य भएको र स्वस्थ रहन योग गर्न जरुरी रहेको उनको भनाइ छ । ‘आफ्ना गलत आनिवानी र खान पानलाई अहिलेदेखि त्यागौ, तपाईं हामी स्वास्थ भए मात्रै प्रदेश स्वस्थ रहन्छ र स्वस्थ प्रदेशले समृद्धि र विकास पनि चाडो हुन्छ ।’

मुख्यमन्त्री भट्टले भने । आफ्नो डाक्टर आफै बन्नु पर्ने बेला आएको बताउदै उनले यसका लागि हरेक दिन योगा गर्न सबैमा आह्वान समेत गरेका छन् ।

 

दीर्घ सोडारीले प्रदेश ७ का स्वास्थ्य समस्या समाधानका लागि प्रदेश सरकार लागि परेको बताएका छन् । विकटतथा दुर दराजकाबस्तिहरुलाई पनि स्वास्थ्य पहुँचमा ल्याउन सामाजिक विकास मन्त्रालय कटिबध्द रहेको उनको भनाइ छ ।

चौथो अन्तराष्ट्रि«य योग दिवसको अवसरमा सामाजिकविकास मन्त्रालयले आज एक कार्यक्रमको आयोजना गरेको थियो । सरकारी, गैर सरकारी निकायतथासर्वसाधारणको उपस्थितीमा धनगढीको चौराहाबाट विभिन्न योगमैत्री नारासहित सुरु भएको र्यालीले बजार परिक्रमा गरेको थियो ।

र्यालीका सहभागीहरुले सामाजिकविकास मन्त्रालयको प्रांगणमा योगाभ्यास समेत गरेका थियो । योगा अभ्यासमा प्रदेश ७ का सबै विभागीयमन्त्रीहरुको सहभागीता रहेको थियो ।