चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली खछ्याङबीच १० बुँदे सम्झौता–पत्रमा हस्ताक्षर

 

काठमाडौं ७असार  । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली खछ्याङबीच १० बुँदे सम्झौता–पत्रमा हस्ताक्षर भएको छ ।

राजधानी बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपल’मा प्रतिनिधि मण्डलसहित दुई प्रधानमन्त्रीबीच आज भएको औपचारिक भेटवार्तापछि दस बुँदे सम्झौता–पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतामा रसुवागढी–केरुङ र तातोपानी–खासा नाकामा पुल निर्माण गर्ने, केरूङसम्म आउने चिनियाँ रेललाई काठमाडौंसम्म पु¥याउने र नेपालको उत्पादन क्षमता अभिवृद्धिमा चीनले आर्थिक र प्राविधिक सहयोग गर्ने उल्लेख छ ।

ऊर्जा सहायता तथा सीमापार विद्युत प्रसारण लाइन निर्माण, कृषिमा सरकारी तथा निजी साझेदारी र सातै प्रदेशमा विपद् व्यवस्थापन तथा उद्दार केन्द्र निर्माणसम्बन्धी समझदारी–पत्रमा हस्ताक्षर भएको छ ।

यस्तै, दुई देशबीच सुख्खा बन्दरगाहा बनाउने सहमति पनि भएको छ । यसअघि चिनियाँ जनमुक्ति सेनाले प्रधानमन्त्री ओलीलाई ‘गार्ड अफ अनर’ प्रदान गरेको थियो । यसअघि हिजो प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनपिङसँग भेटवार्ता गर्नुभएको थियो । छ दिने चीन भ्रमणमा गएका प्रधानमन्त्री ओली १० गते स्वदेश फर्कने कार्यक्रम छ ।