देउवालाई जिल्ला सभापतीहरूकाे सुझाव ‘काँग्रेस बलियो बनाउन पहिले आफ्नै जिल्लाकाे गुट अन्त्य गर्नुस’

 

डडेल्धुरा जेठ ८ । नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेलामा पार्टी सभापति शेरबहादुर देउवालाई काँग्रेस बलीयो बनाउन पहिले आफ्नै जिल्लामा भएको गुटको अन्त्य गर्न सुझाव दिएका छन ।

देउवाले यस्तो सुझाव अरुले नभई उनकै जिल्ला डडेल्धुराका सभापति कर्ण बहादुर मल्लले दिएका हुन् । मल्लले ‘पहिले तपाई आफ्नो जिल्लामा गुटको अन्त्य गर्नुस’ उनले भने ‘डडेल्धुरामै सुर्यमा भोट दिन लगाउनेलाई पुरस्कृत गरीएको छ तिनीलाई डण्ड दिनुस ।’ ‘र तपाई हिन्दुराष्ट्रको पक्षमा उभिनुस काँग्रेस हिजो राणा, पन्चायत र राजसंस्थाको विरुदमा उत्रियो सबैको अन्त्य भयो ।
उनले देउवाले अब ज्ञानेन्द्रको जस्तो अवसान भोग्नुपर्ने चेतावनी दिएका छन् । कांग्रेस नेता प्रदीप गिरीले कुनै समय ‘हामीलाई रोयल कांग्रेस भन्छन् । तर, हामीले पनि अब राजतन्त्रको पक्षमा नहुन सक्छौं महाराज ! त्यो दिन तपाईको पक्षमा कोही हुँदैनन् । तपाईको श्रीपेच पनि जान्छ र नारायणहिटी दरबार पनि जान्छ’ भनेको स्मरण गर्दै उनले भने, ‘म हाम्रा नेताहरु भन्न चाहन्छु, यदि सच्चिनुभएन भने तपाईहरुको हालत पनि त्यस्तै हुन्छ ।’
आफूहरु गाउँमा बसेर काम गरेपनि नेतृत्वले काठमाडौंमा बस्ने र बिहान बेलुका धाउनेहरुको मात्र कुरा सुनेको उनको गुनासो थियो । आफूहरु काठमाडौं आएका बेला भेटेर कार्यकर्ताको कुरा गर्दा झर्को मान्ने गरेको उनले बताए ।सभापती मल्लले देश कमन्युष्टमय भइरहेको अवस्थामा काँग्रसले हिन्दु्राज्यको पक्षमा लागे सबै देशवासीले साथ दिने कुरा उनले स्मरण गराएका थिए ।
‘तपाई जुन एजेण्डाका साथ सभापती हुनु भएको थियो त्यही एजेण्डाका वरीपरी तपाई रुमलीनुभयो’ उनले भने ‘तपाईले पार्टी भन्दा परीवार तथा काम गर्ने भन्दा चापलुसी गर्नेलाई ठुलो मान्नुभयो यही गुनासो हो ।’ यदी उनले यो गुनासोबाट मुक्त नभए जसरी ज्ञानेन्द्रका गतीविधीले राजसंस्थाको अन्त्य भयो त्यसरी उनको गतीविधीले काँग्रेसको अन्त्य हुने चिन्ता सबैमा आएको मल्लले गुनासो पोखे ।
सभापती कर्ण बहादुर मल्लले पार्टीका वरीष्ठ नेता रामचन्द्र पौडेललाई १३ औ महाधीवेसन अगाडी बोलेको कुरा स्मरण गराउदै पौडेलले भागबण्डाको राजनितीलाई अन्त्य गर्ने भनेतापनी आज उनले नै पार्टी भित्रको भागबण्डाको लयमा गएको आरोप लगाए । उनले भने ‘तपाईहरु सुध्रीनुहोस र पार्टीको अभिभावक्त्व लिई आगामी महाधिवेसनमा पार्टीको नेतृत्व अब नयाँ पुस्तालाई सुम्पीने वातावरण बनाउनु्होस ।