बुहारीले गरिन अाफ्नै सासुकाे हत्या

दाङ, असार ८ । दाङ घोराही उपमहानगरपालिका-८ सेवारकी ३२ वर्षीया लालसरी बुढाले ५६ वर्षीया सासु आमा दिलकुमारी बुढाको हत्या गरेकी छन् । लालसरीले सासु दिलकुमारीको घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

लालसरीले प्रहरी समक्ष आफूले सासुको हत्या गरेको स्वीकार गरिसकेको प्रहरी कार्यालय दाङका निमित्त प्रमुख एवं डिएसपी रामप्रसद घर्तीले जानकारी दिनुभयो ।

उनीहरु छुट्टाभिन्न भएर बस्दै आएको भए पनि घर आमनेसामने थियो । प्रहरीका अनुसार सासु बुहारीबीच एक वर्षदेखि बोलचाल थिएन । लालसरीका पति राजविराजमा बस्दै आएको प्रहरीले बताएको छ ।