एसईईकाे रिजल्ट अाज अपरान्ह प्रकाशन हुदै छ

 

काठमाडौं, असार ९ ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको परिक्षाको नतिजा आज अपरान्ह ४ बजेसम्म सार्वजनिक गर्ने तयारी भइरहेको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताउनु भयो ।

नतिजा सार्वजनिक गर्न आज तीन बजे बोर्ड बैठक डाकिएको छ । ४ बजे पत्रकार सम्मेलन राखिएको बोर्डले जनाएको छ ।

गत वर्षको एसईई परीक्षामा ७७ वटै जिल्लाका १ हजार ९ सय ५६ केन्द्रमा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी भएका थिए । नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ परीक्षार्थी थिए ।