लिपुलेककाे कुरा उठाउन डराएर चीनसँग प्रधानमन्त्री अाेली:महासचिव वैध

काठमाडौं, ९ असार । नेकपा ( क्रान्तिकारी माअाेवादी)का महासचिव मोहन वैद्यले चीन भ्रमणका बेला प्रधानमन्त्री केपी ओलीले लिपुलेकको विषय उठाउन नसकेको भन्दै आलोचना गरेका छन् ।

नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै महासचिव वैधले लिपुलेकका बारेमा चीनसँग नेपालले स्पष्ट धारणा राख्न सक्नुपर्ने बताए ।

लिपुलेक नेपालको हो’, उनले भने, ‘प्रधानमन्त्री ओलीले किन हो यो विषय चीन समक्ष राख्न सक्नु भएन ।

नेपाललाई नसोधेर चीन र भारतले नेपालको लिपुलेकलाई केन्द्र बनाइ व्यापारिक नाका खोल्ने सहमति गरेपछि विरोध हुँदै आएको छ । नेपालले लिपुलेकका विषयमा चीन र भारतले हस्तक्षेप गरेको बताउँदै आएको छ ।

महासचिव वैद्यले चीनसँग पारबहन सम्झौता पनि नगरेको भन्दै आपत्ति जनाए । उनले भने, ‘चीनसँग पारबहन सम्झौता किन भएन बुझ्न सकिएको छैन । गर्नुपर्ने काम नै गरिएन ।