एसईईकाे नतिजा सार्वजनिक ,यसरी हेर्नुहाेस् परिक्षाफल

 

भक्तपुर ९असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज संवत् २०७३ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) अर्थात कक्षा १० को परीक्षाफल सार्वजनिक गरेको छ ।
परीक्षामा नियमिततर्फ चार लाख ५१ हजार ५३२ परीक्षार्थी सहभागी भएकामा ‘ए’ प्लस ग्रेड ९स्तरीकृत अंक० प्राप्त गर्ने १४ हजार २३४, ‘ए’ प्राप्त गर्ने ४६ हजार १३०, ‘बी’ प्लस प्राप्त गर्ने ५९ हजार ३७, ‘बी’ प्राप्त गर्ने ७० हजार ५१२, ‘सी’ प्लस प्राप्त गर्ने ६१ हजार ८७०, ‘सी’ ल्याउने एकलाख एक हजार ४३, ‘डी प्लस’ ल्याउने ३५ हजार ५८४ र ‘डी’ ल्याउने ५८ हजार ६८८ रहेका छन् । नतिजा हेर्न बिद्यार्थी तथा अभिभावकले परिक्षा नियन्त्रण कार्यालयको वेभसाइड http:///www.neb.gov.np/reasult तथा नेपाल टेलिकममको १६०० डायल गरी सुुन्न सकिने ब्यबस्था गरएिको छ ।