बागलुङकाे बरेङ गाउँपालिका १मा पहिरो खस्दा एकै परिवारका तिन जानकाे मृत्यु

बाग्लुङ, असार १२। अबिरल वर्षाका कारण पहिरो जाँदा बरेङ गाउपलिका–१ धुल्लुबास्कोटमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

रातभरी परेको अबिरल वर्षाले लुरुङ माथीको चुत्रेनी बनबाट झरेको पहिरोले पुरिदा ४० वर्षका विष्णुबहादुर खत्री उनकै ३५ वर्षीय श्रीमती विष्णु खत्री र काखमा रहेकी ३ महिनाकी छोरीको मृत्यु भएको हो । मृतकका अन्य दुई छोरीहरु भने अध्ययनको क्रममा बाहिर रहेकाले बाँचेको बताईएको छ । पहिरोले अन्य स्थानहरुमा समेत निकै क्षेती पुराएको स्थानीयले बताएका छन् ।

राति साढे एक बजेको समयमा ठुलो आवाज आएको थियो कता हो भन्ने थाहा नभएकाले विहान ५ बजे मात्र स्थानीय घटनास्थल पुगेको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले जानकारी दिए ।

पहिरोले सोही ठाउँ बस्ने राम बहादुर क्षेत्रीको घर गोठ समेत बगाएको छ । सोही गाउँपालिका–३ बाटकाचौर नयाँबजारमा रहेको हुग्दी खोलामा आएको बाढीले निर्माणाधिन हुग्दीखोलाको पक्की पुललाई समेत क्षति पु¥याउनुका साथै निर्माण सामाग्रीहरू समेत बगाएको छ ।