जिपकाे मन मानी १८किलोमिटरको तिनसय सम्म भाडा असुली

बझाङ, असार १३ । बझाङभित्र चल्ने छोटो दुरीका जिपहरुले मनोमानी भाडा असुल गर्न थाले पछि यात्रुहरु मारमा परेका छन् । छोटो दुरीका यातायात व्यवसायीहरुले १८ किलोमिटरको भाडा तीन सयसम्म असुल गर्ने गरेको यात्रुको गुनासो छ ।

तेलको मूल्यवृद्धि भएको भन्दै केही हप्ता अघिसम्म २ सय ३० रुपैयाँ भाडा तिर्नु पर्ने चैनपुर रुवातोला सम्मको यात्राको भाडा तीन सय भन्दा बढी असुल्ने गरेको यात्रु सुवास खड्काले बताएका छन् । उनले भने ‘चिनेको गाडी छ, भने ३ सय मै लिन्छन् । नचिनेका र पहिलो पटक यस रुटमा यात्रा गर्नेहरुबाट त ३ सय ५० सम्म असुल्ने गरेका छन ।’ चैनपुरदेखि रुपातोला सम्मको दुरी १८ किलो मिटर मात्र छ ।

त्यस्तै मालुमेला चेकपोष्ट देखी चैन्पुर सम्मको नियमित भाडादर ७० भएपनि जिपहरुले १ सय भन्दा बढी असुल्ने गरेको मालुमेलाका यात्रु दिपा गिरीले बताइन् । चैनपुरदेखि बागथला, देउरा, झोता, मोरीबगर, तमैल आदी ठाँउमा जिप व्यवसायीहरुले मनपरी गर्ने गरेको एक यात्रु विजय जोशीले गुनासो गरेका छन् । यी सबै ठाउँजयपृथ्वी राजमार्गमा पर्दछन् ।

यता भर्खरै गाडी चलेका ग्रामिण सडकमा चल्ने जिपहरुले ७÷८ किलोमिटरकै भाडा ३÷४ सय सम्म असुल्ने गरेको स्थानीयको गुनासो छ । खप्तड छान्ना, दुर्गाथली, सुर्मा, गाउँपालिका, बुङ्गल र जयपृथ्वी नगरपालिकाको ग्रामिण भेगमा जिपले मनोमानी गर्न थालेका हुन् ।

निश्चित भाडा भन्ने केही छैन । जसलाई जति मनलाग्यो असुल गर्छन’ खप्तड छान्नाका बमबहादुर स्नेहीले भने ‘मान्छे हेरेर भाडा लिने गरेका छन ।’ उनले जिपमा यात्रु कम भएको बेला रिर्जव गरे मात्र गाडी चलाउने नभए नचलाउने गरेको बताएका छन् ।

यस्तै भर्खर निमार्ण भएका ग्रामिण सडकहरुमा क्षमता भन्दा बढी यात्रु हालेर गाडी चलाउने गरेका कारण दुर्घटनाको जोखिम समेत उस्तै रहेको उनले बताएका छन् । अफ्टेरो बाटो भएको र तेलको मुल्य बढेका कारण आफुहरुले बढी भाडालिनु परेको जिप चालकहरुको भनाइ छ ।

यस्तो रिस्कीबाटोमा २५/३० लाखको जिप हालेका छौ ।’ यसको मूल्य भाडा लिएरै त उठाउने हो । एकजना चालक अमर धामीले भने, ‘तेलको मुल्य बढेको छ । गाडी विग्रदा बनाउन कति खर्च लाग्छ । त्यो कुरा कसैले बुझ्दैनन भाडा मात्र बढी भयो भन्छन् ।

यता प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुँवरले जिप भाडामा मनोमानी भइरहेको विषयमा आफूलाई गुनासो आएको उल्लेख गर्दै केही दिन भित्रै यातायात व्यवसायी सहितको जिल्ला स्तरिय सर्वदलिय सर्वपक्षिय बैठक राखेर नियमन गर्ने तयारी जिल्ला प्रशाशन कार्यालयले गरिरहेको बताउँछन् ।