दु:खत खबर बाजुरा जिल्लामा जिप दुर्घटना

असार १३।बाजुराको  त्रिबेणी नगरपालिकामा जीप दुर्घटना भएको छ । दुर्घटनामा परी वडाअध्यक्षसहित २ यात्रुको मृत्यु भएको छ ।

 

त्रिबेणी नगरपालिका वडा नम्बर १ का अध्यक्ष  खम्ब नेपालीको र वडा सदस्यकाे दुर्घटनामा परी मृत्यु भएको हो । दुर्घटनामा परी अन्य ७ जना घाइते भएका छन् । बुधबार साँझ ६ बजे भएको दुर्घटनाका घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । घटनास्थलमा स्थानीयले उद्दार गरिरहेका छन् ।

 

थप जानकारीकाे लागि याे पनि पढ्नु हाेस्।

 त्रिवेणी नगरपालिका पिपलसैनमा भएको जिप दुर्घटनामा परी वडा अध्यक्षसहित दुई जनाको मृत्यु भएको छ। घटनामा ५ जना घाइते भएका छन्। मृत्यु हुनेमा त्रिवेणी नगरपालिका १ का वडाध्यक्ष खम्म नेपाली र त्रिवेणी नगरपालिका ३ बस्ने एक जना महिला रहेका छन्।

 

महिलाको नाम खुलेको छैन्। बुढीगंगा नगरपालिकाको बाम्का बजारबाट छतारा जाँदै गरेको से १ ज ९९९ नम्बरको जिप साढे ७ बजेतिर दुर्घटना भएको प्रहरीले बताएको छ। जिप सडकबाट करिब ५ सय मिटर तल खसेको बताइएको छ। घाइते हुनेमा त्रिवेणी नगरपालिका ३ बस्ने वीर बहादुर शाही, भीम नेपाली, रुपेन्द्र शाही, धनश्याम बुढा र चालक चन्द्रमणी रहेका छन्।

 

घाइतेको अवस्था पनि गम्भीर रहेको प्रहरीले बताएको छ। मृत्यु भएका नेपाली काँग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए। जिपमा चालकसहित ७ जना सवार रहेका थिए। घाइतेलाई उपचारका लागि बयालपाटा अस्पताल लगिएको छ।

 

घटनाको जानकारी लिन प्रहरी नायब उपरीक्षक सागर बोहरासहितको टोली पुगेको छ। चिप्लो र उकालो सडक भएकोले जिप पछाडि चिप्लिएर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ। घटना स्थलमा त्रिवेणी नगरपालिकाका उपप्रमुख राधिका सुनारसहितको टोली पनि रहेको छ।