कांग्रेसका सबै नेताले गणतन्त्र र परिवर्तनको पक्षमा प्रतिवद्ध हुन जरुरी

१५ असार, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संघीयता गणतन्त्र लगायतका परिवर्तनको पक्षमा कांग्रेसका सबै नेता प्रष्ट र प्रतिवद् हुन जरुरी रहेकाेमा जाेड दिनुभएकाे छ ।

सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उपसभापति निधिले संघीयता, गणतन्त्र लगायतका परिवर्तनका उपलब्धीहरुको पक्षमा जनमत बनाउनु पर्नेमा जोड दिनुभयाे ।
उहाँले पार्टीमा अहिले नेतृत्वको नभई नीतिको बहस आवश्यक भएको बताउनुभयाे ।

नेताहरु पार्टी कार्यालय नै जान छाडेकाे गुनासाे अाएपछि निधि शुक्रबारदेखि दैनिक कार्यालय समेत जान सुरू गर्नुभएका उहाँले हरेक दिन विहान साढे ८ देखि साढे १२ बजेसम्म कार्यालयमा बस्ने योजना बनाएको निधिले जानकारी दिनुभयाे ।