संयुक्त विद्यार्थी संगठनकाे अान्दोलनले शुल्क घटेयाे

काठमाडौं, असार १६ ।

विद्यार्थी संगठनको निरन्तरको दबाबले त्रिभुवन विश्विद्यालयले बढाएको परीक्षा शुल्क घटाएको छ ।
यसअघि स्नातकोत्तर पहिलो सेमेस्टरबाट लागू हुने गरी २ हजार ५०० रुपैयाँ शुल्क कायम गरिएको थियो ।

आन्दोलनरत विद्यार्थी संगठनका पदाधिकारी र त्रिवि पदाधिकारीबीच शुक्रबार भएको वार्तामा शुल्क घटाउने सहमति भएको अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।
त्यसअघि बढाइएको शुल्क खारेज गर्न माग गर्दै विद्यार्थीहरु त्रिभुवन विश्वविद्यालयमा डेलिगेसन गएका थिए ।

यसैबीच नेपाल ल क्याम्पसमा तीन वर्षे एलएलबी अध्ययन गर्न कायम रहेको कोटा सिष्टम खारेज भएको छ ।
विद्यार्थी संगठनकै दबाबबाट उक्त व्यबस्था खारेज भएको हो, सबै यसअघि ८ सय जनालाई मात्र भर्ना लिने निर्णय क्याम्पस प्रशासनले गरेको थियो अब सबै विद्यार्थीहरुले पढ्न पाउने भएका छन् ।

तर संयुक्त विद्यार्थ संगठनको दबावमा कोटा निर्धारण नगर्ने र प्रक्रिया पुर्याएर सबै विद्यार्थीहरुलाई भर्ना लिन क्याम्पस प्रशासन सहमत भएको छ । एलएलबी पढ्न इच्छुक विद्यार्थीहरु २१ गतेदेखि भर्ना हुन सक्ने छन् ।