नयाँ जनवादी का्न्तिकाे विकल्प छैन

विष्णु आले’विकिरण   

१६असार काठमाडौ ।’ नेकपा क्रान्तिकारी माओवादीका ललितपुर जिल्ला इन्चार्ज भरत बुर्जा मगरले अब नयाँ जनवादी क्रान्तिको विकल्प नरहेको बताए।

त्यही भएर पार्टीले टेकनाम राखेेर भूमिगत हुने तयारी गर्दै छ।शनिबार देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले ललितपुरको प्रथम जिल्ला बैठ्कमा बोल्दै उनले थपे अहिलेको सरकार भ्रष्ट्रचारी,दलाली र घुसखाेरीकाे पक्षपोषण गर्दै अघि बढी रहेको छ।

हामी यस्ता गतिबिधिको भन्डाफोर गर्दै अघि बढ्छौँ।
‘बैठ्कमा देजमोका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष इन्दिरा अधिकारीले कार्यक्रम सञ्चालन गरेकी  थिइन्।जिल्ला सेक्रेटरी श्याम केसीले,ललितपुर  जिल्लामा  अहिलेकाेे सरकारले र स्थानीय तहले विकासको नाममा भ्रष्टाचार गरेको पाईएमा का्न्तिकारी माअाेवादी र त्सकाे बैधानिक माेर्चा, देजमाे नेपाल पनि चुपचाप भएर नबस्ने बताए।

  तेस्तै अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष रोहितले शिक्षाको नाममा शिक्षक नै वादक रहेको वताएका छन् र विभिन्न पार्टीकाे सदस्यता लिएर  पार्टीको नाममा शिक्षक संगठनलाई प्रयाेग गरि बदनाम  गराएको बताए ,विद्यार्थी तथा बुद्धिजीवीका अध्यक्षद्वय इश्वरी गुरागाईले अहिले शिक्षाको नाममा व्यापारी करण बढ्दै गएको भन्दै ललितपुर जिल्लामा पनि त्यस्तो भेटीएमा कारबाही गर्ने बताए  र कुमार भट्टराईले जिल्लाको सामरिक विषयमा रिपोर्टिड्· गरेका थिए।त्यस्तै तामाड्· राष्ट्रिय मोर्चाका केन्द्रिय सद्स्य तथा जिल्ला अध्यक्ष मइते तामाड्·ले ललितपुर जसरी बिकट छ। त्यस्तै

जनजीविकाका समस्याहरु पनि विकराल रहेको बताए।कार्यक्रम एम्स कलेजमा भएको थियो।करीब ३ घन्टा चलेको सो बैठ्क जलपानसहित सकिएको थियो।