ग्रान्डी इन्टरनेसनल हस्पिटलमा हेलिकप्टर दुर्घटना
१६असार काठमाडौँ । ग्रान्डी इन्टरनेशनल अस्पतालमा बिरामी लिन गएको हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटना भएको छ ।
सिम्रिक एयरको 9N-ALR हेलिक्पटर शनिबार अवतरणको क्रममा दुर्घटना भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएकाे छ । अस्पतालको रुफ टप हेलिप्याडमा अवतरण गर्ने क्रममा दुर्घटना भएको थियाे।
हेलिकप्टरमा रहेका क्याप्टेन हरेराम थापा सकुशल छन् । हेलिकप्टरमा सामान्य क्षति पुगेको छ।
त्रिभुवन विमानस्थलबाट उक्त हेलिकप्टर साढे २ बजे उडेकोथियो।