स्वतन्त्रताको नाममा छाडातन्त्र गर्नेलाई कारबाहीको दायरामा ल्याउने :मन्त्री बाँस्कोटा

१६असार विराटनगर।सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले  स्वतन्त्रताको नाममा छाडातन्त्र गर्नेलाई कारबाहीको दायरामा ल्याउने बताउँदै पत्रकारिता क्षेत्र अझ बढी मर्यादित, व्यवस्थित एवं जीवन्त हुनुपर्ने  बताएका छन् ।

नेपाल पत्रकार महासंघ मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने “अधिनायकवाद विरुद्ध लडेर आएको अहिलेको कम्युनिष्ट सरकार संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासप्रति प्रतिवद्ध छ ।

आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन हुन नदिनेतर्फ सचेत रहन आग्रह गर्दै उहाँले सरकार सुशासन कायम राख्न रु भ्रष्टाचार विरुद्ध दृढताका साथ उभिने बताए।

मन्त्री बाँस्कोटाले विधिको शासन र संविधानको सर्वोच्चता हाम्रो मान्यता भएकाले यसमा कसैले पनि शंका गर्न नहुने उल्लेख गर्दै पूर्वाग्रही ढंगले आलोचना गर्नुभन्दा विकासको काममा सरकारसंग सहकार्य गर्न सबैमा आग्रह गरे ।

आगामी १८ महिनाभित्र मुलुकभरि नै नेपाल टेलिकमका फोर जी सेवा लागू भइसक्ने बताउँदै उनले विज्ञापन र आमसञ्चार सम्बन्धी बनेका कानून परिमार्जन हुँदै जाने पनि स्पष्ट पारे ।