धान राेप्ने खेत हाेकी गाडी गुडाउने सडक हाे

काठमाडौं, असार १८ । बौद्ध–जोरपाटी–साँखु–सुन्दरीजल सडकको निर्माण कार्य थालिएको बर्षौ वितिसक्दा समेत निर्माण सम्पन्न हुन सकेको छैन् । समयमा नै सडक निर्माण नहुँदा बौद्ध–सुन्दरीजल सडक धान रोप्ने खेत हो सडक हो सर्वसाधारणलाई छुटयाउन नै मुस्किल हुने गरेको छ ।

दैनिक रुपमा सडक निर्ण हुँदा सवारी साधन फस्ने र घण्टौ जाम हुने गरेको छ । सडक दायाँबायाँ हिड्न समेत यस सडकमा मुस्किल हुँदै आएको छ । स्थानीयले सडक निर्माण गर्नको लागि पटक–पटक सडक विभाग लगायत सरोकारवाला निकायको ध्यानकर्षण गराए पनि माग सम्बोधन हुन सकेको छैन् ।

सडक निर्माणको काम सुरु भएर पनि सम्पन्न गर्नतर्फ ठेकेदार कम्पनीले खासै चासो नदेखाएको भन्दै बौद्ध–जोरपाटी–साँखु–सुन्दरीजल सडकको दुरावस्थाको विरुद्ध राजनीतिक दलका नेता सहित विभिन्न पेशा तथा क्षेत्रमा आबद्ध प्रतिनिधिहरु सडकमा ओर्लिएका छन् । नागरिक दबाब अभियानको नेतृत्वमा भएको कार्यक्रममा पूर्ण ऐक्यबद्धता जनाउँदै उनीहरुले वर्षौ अघि देखि सडक जीर्ण भई लाखौं स्थानीयले चरम दुःख कष्ट पाउँदा समेत सरोकारवाला निकाय मूकदर्शक भएको आरोप लगाएका छन् । नेपाल समाचारपत्रबाट