शसस्त्रप्रहरी वल अब नयाँ संरचना अनुसार

काठमाडौ, असार १८ । अर्धसैनिक प्रकृतिको शसस्त्र प्रहरी बलको नयाँ संरचना तयार भएको छ । संघिय संरचनामा जाने उद्धेश्यका साथ यो संरचना तयार गरिएको हो । जस अनुसार प्रत्येक प्रदेशमा बाहिनी स्थापना गरिने भएको छ ।

उपत्यका हेर्न छुट्टै बाहिनी तथा हाल रहेको सिमा सुरक्षा कार्यालयलाई गणमा स्तरोन्नती गर्नुका साथै सवै बोर्डर आउट पोष्टको अनाश्रित संरचना हटाइएको छ । अव विओपी स्थायीबाट अस्थायी प्रकृतिका भएका छन् ।

नयाँ संरचना अनुसार प्रदेश नम्वर १ मा २१ वटा यूनिट रहने भएको छ । जसमा इलाम, झापा, मोरङ, सुनसरी र उदयपुरमा गण स्थापना हुने भएको छ । ती जिल्लामा १४ वटा गुल्म रहने भएको छ । जसमा दुइ वटा भन्सार गुल्म, दुई उद्योग र दुइ वटा आश्रित गुल्म रहने भएको छ । सोही प्रदेशमा एक शिक्षालय समेत रहने भएको छ ।

नयाँ संरचना अनुसार हाल रहेका पाथिभरा गण झापा, कंकालिनी गण मोरङ, सिद्धकाली गण सुनसरी तथा औद्योगिक सुरक्षा गण समेत समायोजनमा परेको छ । समायोजनामा परेको मध्य पाथिभरा गण झापा जवान तालीम शिक्षालयको रुपमा रुपान्तरण भएको छ ।

यस्तै प्रदेश नम्वर २ मा १५ वटा यूनिट रहने भएको छ । जसमा बाहिनी एक, शिक्षालय एक, गण आठ, भन्सार गुल्म दुइ, उद्योग गुल्म दुइ तथा राजस्व गुल्म एक रहने भएको छ । नयाँ संरचना अनुसार रुद्र बाहिनी , दन्तकाली गण सप्तरी, छिन्नगस्ता गण महोत्तरी र भद्रकाली गण बारा समायोजनमा परेका छन् । हाल रहेको रुद्र बाहिनीलाई छिन्नमस्ता गण महोत्तरीमा स्थानान्तरण गरिने भएको छ । यस्तै रुद्र बाहिनी रहेको स्थानमा भण्डार महाशाखालाई ल्याइने भएको छ ।

यस्तै प्रदेश नम्वर तीनमा बाहिनी सहित चार गण, तीन गुल्म, दुइ भन्सार गुल्म, एक उद्योग गुल्म र तीन आश्रित गुल्म गरी १६ वटा यूनिट रहनेछन् । जस अनुसार मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक र चितवनमा गण स्थापना हुने भएको छ । नेपाल समाचारपत्रबाट साभार